सनसिटीका २ संक्रमितसँग नेपाल आएका थिए १ सय ५३ यात्रु

 न्यूज विराट
सनसिटीका २ संक्रमितसँग नेपाल आएका थिए १ सय ५३ यात्रु

काठमाडौं, २ वैशाख-काठमाडौं पेप्सीकोला टाउन प्लालिङस्थित सनसिटीमा कोरोना भाइरस संक्रमण देखिका २ जनासँगै कतार एयरवेजको विमानबाट १ सय ५३ जना आएको खुलेको छ ।

उनीहरू बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं आएका प्रहरी प्रवक्ता एसएसपी उमेस राज जोशीले जानकारी दिए । उनका अनुसार नेपाल आउनेहरू कतारको दोहाबाट क्यूआर ६४४ विमानमार्फत ४ चैत गते नेपाल आएका थिए । उनीहरू सबैको ठेगाना पत्ता लगाउने काम भइ रहेको छ ।

बेलायतबाट नेपाल आएका एकै परिवारका ३ मध्ये २ व्यक्ति ५९ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको हो । अर्का व्यक्तिको नमुना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले उनीहरूको ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

काठमाडौं, २६ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ...

कोरोना जितेका भन्छन्‘हामीले कोरोना परास्त गर्यौँ चिकित्सकबाट राम्रो उपचार सेवा’

विराटनगर, वैशाख २४–भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी २० दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज भए । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९...

बूढीगङ्गामा मतगणना सुरु

बाजुरा, २४ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ ।बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत...

सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

६ दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् । रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् । गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा...

रतुवामाईमा भदौ १० गेतेसम्म लकडाउन, ५० बेडको आइसोलेसन बनाइने

विराटनगर, ३० साउन–समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाको सम्पूर्ण नगरक्षेत्रमा आगामी भदौ १० गतेसम्मका लागि बन्दाबन्दी(लक डाउन) गरिएको छ । यस अघि साउन ३० गतेसम्म गरिएकोमा थप गर्दै भदौ १०...

आज १ हजार १७२ जनामा कोरोना, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं,  ७ असोज-गत २४ घण्टामा नेपालमा एक हजार एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि...

मोरङको खोरियामा प्रेमि-प्रेमिकाको शव फेला

विराटनगर । मोरङको रंगेली नगरपालिका – २ खोरिया टोलको लिच्ची बगानमा प्रेमी र प्रेमिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । इश्वरी कृषी फर्मको लिच्ची बगानमामा झुण्डीएको अवस्थमा आज दिउँसो साढे १२ शव भेटिएको हो ।...

जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं, ७ साउन । जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा एस्ट्राजेनेका खोप दिएको हो । जापानले दिने तय भएको १६ लाख १४ हजार ७४० लाख डोज खोपको अन्तिम लट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्