अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

 न्यूज विराट
अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

काठमाडौं, १ बैशाख-कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।

गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ ।

सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए । यो प्रणाली मङ्गलबारदेखि सुरु हुनेछ ।

मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । रासस

सम्बन्धित समाचार

सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

विराटनगर, जेठ २९–कोरोना भाईरस महामारीको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले खर्च गरेको १० अर्व कहाँ गयो भन्दै विराटनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा...

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक...

मजदुरलाई ३० केजी चामल २ प्याकेट नुन

असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाह्यलाई उपलब्ध गराउने राहत सम्वन्धी मापदण्ड तय भएको छ ।कोरोना भाइरसको फैलावट रोक्नको लागि सरकारले लगाएको लकडाउने पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले आर्थिक र राहत प्याकेज  १६ चैतमा घोषणा...

मोरङका ६ स्थानीय तहले ६० मेगावाट विद्यतु उत्पादन गर्ने

विराटनगर, माघ २४–मोरङका ६ वटा स्थानीय तहले सोलार प्यानलबाट ६० मेगावाटको बिजुली उत्पादन गर्ने भएका छन् । पहिलो चरणमा ६० मेगावाट बिजुली उत्पादन गर्ने गरी बेलायतको व्यकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता गरेको अन्तर स्थानियतह साझा सरोकार...

प्याब्सन मोरङको साधरण सभा सम्पन्न, शिक्षक र विद्यार्थीलाई सम्मान

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १६ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी...

सबैको रोजाइमा परेको शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड

विराटनगर । विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड लागेको छ । विज्ञान संकायको लागि सोमबार कलेजले लिएको प्रवेश परीक्षामा विद्यार्थीहरुको भिड लागेको हो । सक्षम नेतृत्व, कुशल...

क्वारेन्टाइन रहेका १२ सय बढीलाई घर फिर्ता

बुटवल, ३ वैशाख-प्रदेश–५ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।प्रदेश–५ मा मंगलबारसम्म १२ सय ७ जनाको आरडीटी किटको माध्यमबाट स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट...

महिला च्याम्पियनसिपको फाइनल आज, म्यानमारसँग भिड्दै नेपाल

विराटनगर । अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज हुँदैछ। बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइलन खेल हुँदैछ। प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्