कोरोनाको असर खनिज तेलमा : प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति

 न्यूज विराट
कोरोनाको असर खनिज तेलमा : प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति

ओपेक, रसिया र अरू तेल उत्पादक राष्ट्रहरूबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो ।

कोरोनाभाइरसको महामारीका कारण तेलको माग घटे पनि खासगरी साउदी अरेबिया र रसियाले उत्पादन नघटाएपछि खनिज तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा व्यापक रुपमा घटेको थियो ।

अमेरिकी ऊर्जा मन्त्री ड्यान ब्राउलिटले एक दशकयता यतिठूलो परिमाणमा ओपेकले तेलको उत्पादन घटाएको सम्भवतः यो पहिलो पटक रहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया र रसियाबीच जारी तेलको बजारभाउको युद्ध अन्त्य गर्न मध्यस्थता गरेकै कारण उत्पादन कटौतीमा सहमति जुटेको पनि उनले बताए ।

कोरोनाभाइरसका कारण विश्वभर मानिसको यात्रामा कमी आएको तथा तेलको उच्च माग हुने उत्पादन क्षेत्रमा काम लगभग ठप्प भएका कारण तेलको मूल्यमा व्यापक गिरावट आएको थियो । यही कारण अमेरिकी तेल उद्योग पनि नराम्रोसँग संकटमा फसेको छ । अमेरिकामा हाल विश्वका अन्य कुनै मुलुकमा भन्दा बढी कच्चा तेल उत्खनन् हुने गरेको छ ।

सम्बन्धित समाचार

सञ्चारकर्मीलाई तलब र सञ्चार क्षेत्रलाई राहत देउ : प्रेस युनियन

नेपाल प्रेस युनियन काठमाडौं शााखाले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच सूचना प्रवाहमा निरन्तर खटिएका पत्रकारको रोजगार नै संकटमा परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जर्नाको छ । युनियनका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै संकटको अवस्थामा...

सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

काठमाडौं, १० जेठ-सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी २०५८ साल वैशाखदेखि २०६३...

बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा

एजेन्सी, जेठ २०-संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् । उनले परिवर्तनको आकांक्षाअनुसार भएको प्रदर्शनमा हिंसाले स्थान पाएको भन्दै आलोचना गरेका हुन् । अफ्रिकी मूलका...

नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न अडानको माग

काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक...

प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन...

एमसिसी नेपालको हितमा छ :अध्यक्ष थापा

काठमाडौं, फागुन ६–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...

विकेभिएम र राइजिङ नेपाल विजयी

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विकेभिएम र राइजिङ नेपाल विजयी भएको छ । पहिलो खेलमा विकेभिएम स्कुलले शिक्षादपि स्कुललाई ७ विकेटले पराजित गरेको छ ।...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्