कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित

 न्यूज विराट
कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित

काठमाडौं, ३० चैत-विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्टअनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको छ ।

विश्व बैंकले ६ महिनाअघि नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । अहिले कोरोना भाइरसको कारण आर्थिक गतिविधि ठप्प भएको, पर्यटन क्षेत्र पूर्णरूपमा अस्तव्यस्त भएको,  नेपालको उत्पादन, खर्च र प्रतिव्यक्ति आयमा ठूलो गिरावट आउने भएकाले बढीमा २ दशमलव ८ प्रतिशतको मात्रै वृद्धिदर हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको ‘साउथ एसिया इकोनोमिक फोकस’ रिपोर्टअनुसार यो वर्ष आर्थिक वृद्धिदर एक दशमलव ५ देखि २ दशमलव ८ प्रतिशतका बीचमा रहने र सन् २०२१ मा १ दशमलव ४ देखि २ दशमलव ९ प्रतिशतको बीचमा रहनेछ । यस्तै, कोरोना भाइरसविरुद्ध कदम चाल्दा सरकारको खर्च त्यतै केन्द्रित हुने, स्वास्थ्य सेवाको बढ्दो बजेट, पालिकाले गर्ने खर्च, उच्च सरकारी तलबलगायतका कारण बजेट घाटा ७ प्रतिशतभन्दा माथि पुग्ने पनि विश्व बैंकले जनाएको छ ।

सन् २०२२ देखि भने यो अवस्थामा सुधार आउने विश्व बैंकको अनुमान छ । एसियाली विकास बैंक (एडीबी) ले भने ४ दशमलव ३ देखि ५ दशमलव ३ प्रतिशतको बीचमा आर्थिक वृद्धिदर रहने रिपोर्ट सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा भारतको ‘महालक्ष्मी रथयात्रा’

विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ । विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी...

भोलि बिहानदेखि देशभर ‘लकडाउन’

सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको...

विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्वपूर्णः मुख्यमन्त्री कार्की

विराटनगर,२९ जेठ । कोशी प्रदेशको १४ जिल्लामा हुने वाढी, पहिरो, भूकम्प लगायतका विपद्को समयम जनधनको क्षति न्यूनिकरण, एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला...

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८

काठमाडौं, २७ वैशाख-विश्‍व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्‍व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...

भोलि मुस्लिम समुदायलाई बिदा

काठमाडौं, १ कात्तिक ।सरकारले कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा दिने निर्णय गरेको छ । सरकारले १४९६ औं मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्‍को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...

सरकार विरुद्धको प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

काठमाडौं, ३१ जेठ-सरकारले साझा पार्टीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्च र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्