धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच सुरु गरेको छ ।शुक्रबार वडा नं १२ बाट सुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ ।
उपमहानगरपालिकाले भारतलगायत विभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६ सय ४१ जनालाई होम क्वारेन्टाइनमा राखेको थियो ।उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९, वडा नं ६ मा १९ , वडा नं १३ मा एक, वडा नं ७ मा २० जनाको नमूना परीक्षण गर्न स्वास्थ्यकर्मीहरु घरमै पुगेर गरेका छन् । परीक्षण गरिएकाको रिपार्ट नेगेटिभ भेटिएको छ ।
यसैबीच उपमहानगरपालिकाले हालसम्म लकडाउनका कारण छाक टार्न समस्या भएका ४ हजार १ सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
पालिकाले सर्वदलीय सहमतिका आधारमा दैनिक ज्यालादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको हो । रासस