साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय

 न्यूज विराट
साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय

एजेन्सी, चैत ३०–साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि भन्दै साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।

साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत २३ मार्चदेखि मुलुकभर बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म लगाइएको २१ दिने कर्फ्यू बढाउन निर्देशन दिएका हुन् ।

गत साता साउदीले रियादलगायतका मुख्य सहरमा २४ सै घन्टा कर्फ्यु लगाउनेगरी समय बढाएको थियो । यी शहरमा मानिसहरूलाई अत्यावश्यक सामग्री किन्नका लागि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिने गरिएको छ ।

साउदीको गृहमन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि देशका १३ वटै प्रान्तमा आवतजावतमा रोक लगाइएको जनाएको छ । साउदी अरबमा हालसम्म कोरोना भाइरसबाट ४ हजार ३३ जना संक्रमित भएका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

रतुवामाईमा लक डाउन कडाइका साथ पालना गराउन युवाहरु आफै सकृय, २४ घण्टै सिमामा निगरानी

विराटनगर, बैशाख ८-विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न मोरङको रतुवामाई नगरपालिकाका युवाहरु सकृय बनेका छन् । नगरमा विभिन्न सामाजिक काम गर्दै आएको रतुवामाई युवा नागरिक समाजको अगुवाईमा युवाहरु लक डाउनलाई पूर्णरुपले...

पत्रकार नविन कर्णलाई पितृ शोक

विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो । कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो...

दोस्रो मिल्स भेट्रान्स गोल्डकपको उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको ग्रामथान भेट्रान्सले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेको हो...

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पाेखरा, १२ वैशाख-पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले...

‘हुने खानेलाई’ राहत लिन रोक्ने कटहरी गाउँपालिकाको फरक शैली

विराटनगर, बैशाख १६–हुँदा खाने भन्दा पनि हुनेखानेलेनै राहतमा आँखा गाडेपछी मोरङको कटहरी गाउँपालिकाले राहत वितरणमा फरक शैली अपनाएको छ । ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न परिवालाई राहत लक्षित भएपनी हुनेखानैकै हामीमुहाली हुन थालेपछी...

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

पूर्वमन्त्री यादवले गरिदिए ५० पत्रकारको कोरोना बिमा

जनकपुरधाम, २३ जेठ-नेपाल पत्रकार महासंघ धनुषाले जिल्लाका ५० पत्रकारको कोरोना बिमा गरेको छ । बिमाको लागि आवश्यक रकम भने पूर्वमन्त्री एवं संघीय सांसद मातृकाप्रसाद यादवले गरेका हुन् । कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको...

महानगर स्तरीय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार महानगरभित्रका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्