काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण मृत्यु भएको थियो ।
बिष्टको शव ल्याउन शनिबार बिहानै नेपालबाट श्री एयरको जहाज सुडान उडेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेको भनाई छ । बिष्टको शव आइतबार नेपाल पुग्ने छ ।
मृत्यु भएका विष्टको शव लकडाउनको कारण २ सातादेखि डाफोरबाट राजधानी खार्तुम पुगाएपनि नेपाल ल्याउन भने सकिएको थिएन् । सुडानबाट शव ल्याउने सबै जिम्मेवारी शान्ति मिसनको हुन्छ ।विष्टसहित शान्ति सेनामा खटिएका बेला मृत्युु हुनेको नेपाली सेनाको संख्या ६८ छ ।