बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु

 न्यूज विराट
बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु

बाँके, २९ चैत-बाँकेमा कोभिड–१९ को र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार बैजनाथ गाउँपालिकाको एकान्तवासमा बसेर १४ दिनको अवधि गुजारेका दुईमा किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ । ती व्यक्तिको परीक्षण गरेर नेगेटिभ देखिएमा घरमा थप सात दिन एकान्तबासमा बस्ने गरी पठाइने छ ।

पोजिटिभ नतिजा आएमा भने एकान्तबासमा राखी पुनः पिसिआर प्रविधिबाट जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइने श्रेष्ठले बताए । परीक्षणका लागि बाँकेमा पाँच सय थान आरडिटी आएको छ । बाँकेमा अहिले ४९१ जना एकान्तबासमा छन् ।

आरडिटी किटबाट परीक्षण शुरु भए पनि लागि पोलिमर चेन रिएक्सन (पीपीआर) यन्त्रबाट भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण गर्न भने अझै एक हप्ता लाग्ने भएको छ ।

पीसीआर यन्त्रको जडान भइरहेकाले सेवा सञ्चालन गर्न समय लाग्ने भेरी अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । अझै एक हप्तासम्म यन्त्र जडानका लागि समय लाग्ने उनको अनुमान छ । रासस

सम्बन्धित समाचार

मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा विरामीको सहजको लागि ‘होम कलेक्सन सेवा’ सुरू गरेको छ । कुनै पनि विरामीको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परे हस्पिटलले...

वर्ल्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान

विराटनगर । वर्ल्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर फ्युजनले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएका रोटरी क्लब अफ विराटनगर डाउनटाउन र...

सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...

मलेसियाबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेलाई निवेदन दिन दूतावासको आग्रह 

काठमाडाैं, २२ साउन-कोरोना भाइरसका कारण स्वदेश फर्किने खर्चको अभावमा मलेसियामा अलपत्र अवस्थामा रहेकाहरूलाई सरकारी खर्चमा उद्धारका लागि निवेदन दिन मलेसियास्थित नेपाली दूतावासले सूचनामार्फत जानकारी गराएको छ । रोजगारी गुमाएका र नेपाल फर्किन हवाई टिकटसमेत काट्न...

लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा सरकारद्धारा खेद व्यक्त

काठमाडौं, २७ वैशाख-नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न पराष्ट्र मन्त्रालय भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको...

युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...

कोरोनाको उच्च जोखिममा छ देश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणमा देश अति जोखिममा रहेको बताएका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेसम्म ९ जनामा सीमित रहे पनि उच्च जोखिममा रहेको बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइमा सरकार ऐक्यबद्धता...

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन जोड

विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउन सरोकारवालहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा शनिबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्