गाँउपालिकाले काटिदियो किसानको गहुँ

 न्यूज विराट
गाँउपालिकाले काटिदियो किसानको गहुँ

सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ ।

झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका किसानलाई गाउँपालिकाले सहयोग गरेको हो ।

२ वटा ट्रयाक्टरमा गहुँ कटर मेसिन जडान गरेर बिहीबारदेखि थालिएको गहुँ काट्ने कार्यलाई तिब्रता दिन शुक्रबार २ वटा मेसिनसमेत थपिएको छ । वडा नं. ७ बाट सुरु गरिएको गहुँ काट्ने कार्य गाउँपालिकाका ८ वटै वडामा पुर्याउने गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

यो पटक गाउँपालिकाका सबै वडामा गरी करिब १ हजार विघा जमीनमा गहुँ खेती गरिएको छ । कृषि मजदुरको अभावमा पाकेर खेतमै रहेका गहुँबाली काट्न नसकेर चिन्तामा डुबेका किसानलाई राहत प्रदान गर्न यस्तो व्यवस्थापन गरिएको अध्यक्ष सिंहको भनाई छ ।

किसानले मिहिनेत गरेर फलाएको अन्नबाली नष्ट हुन नदिन र कृषि व्यवसायीको मनोबल उच्च राख्न गाउँपालिकाले गहुँ काट्ने कार्यमा इन्धन, गाडीभाडा, मेसिन खर्च र ज्याला गरी २८ लाख रुपैयाँसम्म लगानी गर्ने तयारी गरेको उनले बताए ।

सम्बन्धित समाचार

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

प्रदेश १ नाम अब कोसी

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...

प्रदेश–२ मा ४ सय बढीको आरडीटी

जनकपुर, ४ वैशाख-प्रदेश–२ का ८ वटै जिल्लामा र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबारसम्म ४ सय १९ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमध्ये...

एक महिनापछि खुल्यो काँकडभिट्टा नाका

भद्रपुर, २७ वैशाख-झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक...

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएर समुदायस्तरमा संक्रमण देखिएन थालेपछि पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ। विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा जारी सूचनामा भनिएको छ । विश्वविद्यालयले भदौदेखि...

नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ-नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । उनले हिजो मन्त्रिपरिषद्ले नक्सा पारित गरेको भन्दै उनले भोलिसम्ममा नक्सा प्रकाशित हुने बताए । उनले नक्सा प्रकाशित...

एकै दिन १८ हजारभन्दा बढीको परीक्षण, थपिए ४३६४ संक्रमित

काठमाडौं, २२ असोज-नेपालमा आज ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ४ सय ७३ को पीसीआर गर्दा आज देशभर ४ हजार ३ सय ६४ जना संक्रमित थपिएका हुन् ।...

नेपालमा कोरोना परीक्षण ६० हजार नाघ्यो, रेड जोनमा ३ सय १५ जना

काठमाडौं, १९ वैशाख-सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्