लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्दै प्रदेश सरकार

 न्यूज विराट
लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्दै प्रदेश सरकार

विराटनगर, चैत २८–प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला तथा जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ ।

शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउँन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धि सुरक्षा योजना र जिम्मेवारी तोकेको हो ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाइ दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यन्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको हो ।

बैठकले कोशी कोरोना अस्पतालबाट कोरोना परीक्षणका लागि ल्याइएका ५ हजार ¥यापिड टेस्ट किटबाट पहिलो चरणमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका शंकास्पद व्यक्तिहरुको परीक्षण गर्ने निर्णय गरेको छ ।

साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा शंकर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पंकज खतिवडा, डा. शैलेशमणी पोखरेल, डा. सुर्य पराजुली, डा मोहन खडका, डा प्रेम प्रसाद आचार्य, र डा सुरेश मेहता रहेका छन् ।

सम्बन्धित समाचार

अवैध रूपमा नेपाल छिर्ने भारतीयलाई रोक्न सशस्त्रद्वारा हवाई फायर

झापा, ४ साउस-झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरूलाई नेपाल प्रवेश...

शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ । zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।...

आज खण्डग्रास सूर्यग्रहण

काठमाडौं, ७ असार-आज बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौंमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा...

स्वास्थ्य कार्यालय मोरङका प्रमुृखमा कोरोना पुष्टि

विराटनगर, २ भदौ–जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय प्रमुख बस्नेत होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बस्नेत प्रदेश १ को...

ग्रडेड स्कुलमा फुड फिस्टा

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड स्कुलमा एक दिने फुड फिस्टा आयोजना गरेको छ । बिद्यालय परिसरमा उक्त फुट फिस्टा आयोजना गरेको हो । कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुलाइ...

दार्जीलिङलाई हराउँदै एलाभेन एरोज सुनसरी सेमिफाइनलमा

ताप्लेजुङ –पाथीभरा गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एलाभेन एरोज क्लब सुनसरी विजयी भएको छ । यूकेएफसी दार्जी्लिङलाई २–० गोल अन्तरले पराजित गर्दै एलाभेन एरोज क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५२ औं...

सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।...

राहतमा कुहिएको दाल बाँड्ने मेयर, वडाअध्यक्षसहित १० जना पक्राउ

राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव  प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  ५ जना वडाअध्यक्षसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ३ जना वडा अध्यक्षलाइ सोमबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्