प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा कोष’ मा सहकारीको साढे ५ लाख योगदान

 न्यूज विराट
प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा कोष’ मा सहकारीको साढे ५ लाख योगदान

विराटनगर, चैत २६–विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा मोरङका विभिन्न सहकारी संघ÷संस्थाको तर्फबाट साढे ५ लाख रुपैयाँ योगदान गरिएको छ ।

प्रदेश नं. १ ले प्रदेश सरकारले स्थापना गरेको कोषमा जिल्लाका ४१ सहकारी संघ संस्थाहरुको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ योगदान गरिएको हो । उक्त रकम बराबरको चेक राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।

सहकारी संघ÷संस्थाहरुले सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा रकम जम्मा गरेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष पोखरेलले जानकारी दिए । उनले कोषमा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ, सृष्टि, मेघा, रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बरगाछी, अरनीको बहुदेश्यीय सहकारी संस्था लिमिटेड, बुद्धोदय बचत तथा ऋण, राष्ट्रसेवक बहुमुखि, तुलसी बहुदेश्यीय, बृहत बचत तथा ऋण, स्टर्न स्टार कृषि सहकारीलगायतका ४१ सहकारी संघ संस्थाहरुको सहयोगमा रकम जम्मा गरिएको बताए ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैंक विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकमजम्मा गर्न सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । उक्त कोषमा हाल सम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशको सुरक्षा बैठक सोमबार विराटनगरमा बस्दै, आज साझमा गृहमन्त्री आउँदै

विराटनगर । कोशी प्रदेशको सुरक्षा बैठक भोली विहान विराटनगरमा बस्ने भएको छ । विराटनगरस्थित बीग होटलमा सोमबार विहान ८ बजेदेखि सुरु हुने बैठकको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साझ साढे ५ बजेको विराटनगर...

प्रदेश १ मा शुक्रबार ६७ संक्रमित थपिए

विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

कानेपोखरीका शिक्षकलाई प्राविधिक तालिम

[caption id="attachment_47474" align="alignnone" width="960"] तालिममा सहभागि कानेपोखरी गाउंपालिकाभरीका शिक्षक कर्मचारीहरु । तस्विरः रामकुमारी ।[/caption] रामकुमारी राई कानेपोखरी, ३२ जेठ । कानेपोखरी गाउँपालिकाले पालिका क्षेत्रमा रहेका विद्यालयका शिक्षक÷कर्मचारीका लागि विद्यालयको प्रोफाइल तयार एवं तथ्यांक राख्न प्राविधिक...

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

विराटनगर । विराटनगर – ११ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् ।स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको...

ट्राफिक नियम उल्लंघन गर्ने ठुलो सवारीमा ‘व्हिल लक’, नो पार्किङमा सवारी राखे कारवाहीमा

विराटनगर। ट्राफिक नियम उल्लंघन गर्ने मालवक र ठुला सवारी साधनमा ‘व्हिल लक’ लगाएर जिल्लाट्राफिक प्रहरी कार्यालय मोरङले कारवाहीको दायारमा ल्याउने गरेको छ । भारतबाटआएका ठुला सवारी साधनहरूले जथाभावी पार्किक गरी सवारी अवगमन अस्तव्यस्त गराउन थालेपछिपार्किङ...

प्रेस युनियन मोरङको पद हस्तान्तरण

विराटनगर, १० असोज–नेपाल प्रेस युनियन मोरङको पद हस्तान्तरण गरिएको छ । सभापति कुमार लुइटेलले आफ्नो कार्यकाल सकिएपछि पद हस्तान्तरण गरेका हुन् । सभापति लुइटेलले एक कार्यक्रमकाबिच शनिबार मोरङको बेलबारीमा आगामी कार्यकालका लागि सभापति भोजराज बस्नेतलाई...

पत्रकारलाई सडकमा राखेर बालुवाटारभित्र नेकपा बैठक

काठमाडौं, १७ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारलाई प्रवेश रोक लगाइएको छ । नेकपाको सचिवालय बैठकमा सूचना संकलन गर्न गएका पत्रकार प्रधानमन्त्री निवासको गेटबाटै रोक लगाइएको हो । सबै पत्रकार सडकमा नै रहेका छन् । भित्र भने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्