संघीय संसदका अधिवेशन अन्त्य

 न्यूज विराट
संघीय संसदका अधिवेशन अन्त्य

राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदका दुवै अधिवेशन अन्त्य गरेकीछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले २४ चैतदेखि लागु हुनेगरी अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

यसअघि सरकारले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक यसअघि सूचना टाँस गर्दै अस्थगित हुँदै आएको थियो ।

चैत १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइए पनि त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १३८ जना बिद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो ।सम्मानित हुने १ सय...

मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजकोे सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको...

झापा हल्दिबारीका एक युवकमा आरडीटी पोजिटिभ

झापा, ४ वैशाख-प्रदेश १ अन्तर्गतकाे झापामा एक युवककाे र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपाेर्ट पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार हल्दिबारी गाउँपालिका-२ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएकाे हाे । जिल्ला स्वास्थ्य कार्यालय र...

भारत लैजादै गरेको दश जना महिलाको उद्धार

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ । साना हातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दश जना महिलाहरुलाई उद्धार गरेको हो । उद्धार...

भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५...

मधेसमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी

जनकपुर, बैशाख २ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय...

राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक-बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

काठमाडौं, ९ भदौ-राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्