पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

 न्यूज विराट
पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो ।

सो समितिले आज बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर फर्काइएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए ।

समितिले गाउँमा आएका पाहुनालाई की १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सम्मान फिर्ता पठाउने गरेको वडाध्यक्ष ढकालले जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सचेतता अपनाउन भन्दै १ सय ४२ वटा टोल प्रतिकार्य समिति गठन गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

साथै प्रतिकार्य समितिले गाउँपालिकाका सबै टोलमा पुगेर कोरोनाविरुद्धको सचेतना प्रदान गर्ने काम पनि समितिले गर्दै आएको उनले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाभित्र प्रवेश गर्ने र बाहिर निस्कने सबैको लागत प्रतिकार्य समूहलेसमेत राख्ने गरेको छ । त्यस्तै पालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको उनले बताए । रासस

सम्बन्धित समाचार

एसईईको नतिजा आज आउँदै

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षको नतिजा आज सार्वजनिक हुन लागेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए...

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैनः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो ।विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले...

नहरले बगाएर बेपत्ता भएका युवा मोरङको जहदामा मृत भेटिए

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना युवक मृत फेला परेका छन् । नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीया गणित राजवंशी शव...

यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

काठमाडौं, २१ असार । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि...

अदालतबाट जेल सजाय तोकिएकी फरार नेकपा सांसद प्रदेशसभामा उपस्थित

विराटनगर, जेठ १४-सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा अदालबाट एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजाय तोकिएकी प्रदेश १ की सांसद गुलेफुन मियाँ खातुन बुधबार प्रदेशसभा सचिवालयमा सुटुक्क प्रवेश गरिन्...

प्रदेश २ : होम आइसोलेसनमा बस्नेकाे संख्या ३ हजार बढी

धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६...

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस...

धनकुटा जिल्ला प्रशासनको पनि सेवा बन्द

विराटनगर, २३ वैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय बाहेकाका सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरुमा निषेधाज्ञा समेत जारी भएकाले प्रशासनका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्