सीमावर्ती गाउँमा कोरोना पोजेटिभ भेटिएपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल

 न्यूज विराट
सीमावर्ती गाउँमा कोरोना पोजेटिभ भेटिएपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल

रुपन्देहीको सिमावर्ती भारतीय शहरमा कोरोना संक्रमित फेला परेपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार सीमाबाट हुन सक्ने आवाजजावतलाई ध्यान दिँदै उच्च सतर्कता अपनाइएको छ । रुपन्देहीको मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुन्दपुर क्षेत्रको चाउगाउँमा हिजो मात्र ६ जना कोरोना संक्रमित भेटिएपछि भारतसँग जोडिएका सबै साना नाकाहरू शिल गरिएको हो ।

लकडाउन हुनुपूर्व मर्चवार क्षेत्रका जनता सोही बजारमा किनमेलका लागि दिनहुँ जाने गर्दथे । सोही गाउँबाट भैरहवा, बुटवल तथा यस आसपासका बजारमा हरियो तरकारी समेत आउने गर्दछ । रुपन्देहीकै समरीमाई गाउँपालिका पनि सो गाउँबाट २५ किलोमिटर दूरीमा पर्दछ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीमा नाकामा हाललाई सशस्त्र प्रहरीहरूलाई खटाएर मानिसहरूको आवाजजावतलाई निगरानी गर्न थालिएको जानकारी दिए ।

सम्बन्धित समाचार

कमला ह्यारिस डेमोक्र्याटबाट उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी, साउन २८-आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् । अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत महिला हुनेछिन् । उनी भारतीय–जमाइका मूलकी हुन्...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, यस्ताे छ धार्मिक महत्व

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज (साेमबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक...

उत्कृष्ट हुने विद्यार्थीलाई ग्रेडेड स्कुलको पुरस्कार

विराटनगर । विराटनगर – ८ हाट्खोलामा रहेको ग्रेडेड स्कुलले २०७९ सालमा आयोजना भएको विभिन्न क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यर्थीहरुलाई पुरस्कार वितरण गरेको...

रतुवामाईमा दिपावली तथा छठ पर्वको अवसरमा १४ औँ बृहत लोक सांस्कृतिक कार्यक्रम

विराटनगर। मोरङको रतुवामाईमा हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा यस वर्ष पनि बृहत लोक सांस्कृतीक कार्यक्रम हुने भएको भएको छ । स्थानीय सिद्धार्थ युवा क्लबको अयोजनामा यस वर्ष पनि भाइटिकाको भोलिपल्ट...

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्