मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

 न्यूज विराट
मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई नियन्त्रणमा लिएर कारवाहीसमेत गरेको छ ।

बिहीबार मात्र प्रहरीले विराटनगर महानगरपालिकामा सयौंको संख्यामा सवारीसाधनलाई कारबाही गरेको थियो । ‘लकडाउन’को समयमा सडकमा सवारीसाधनसहित निस्किएका ब्यक्तिहरुलाई प्रहरीले सोधपुछ गर्ने र निस्किनुको उचित कारण नदेखिएकालाई कारवाही गर्ने गरेको वडा प्रहरी कार्यालय (क) विराटनगरका प्रहरी निरिक्षक विज्ञान बस्नेतले बताए ।

विराटनगरस्थित कोशी राजमार्गको भट्ठीमोड, बरगाछी, कंचनवाडी, आयल निगमसहित मुख्य सडकको बुधहाटचोक र वडा प्रहरी कार्यालय सामुन्नेको सडकमा प्रहरीले चेकपोष्ट राखेर सोधपुछ र चेकजाँच गर्ने गरेको छ ।

मोटरसाइकल, साइकल, रिक्सासहित बिनाकारण सडकमा निस्किएकालाई प्रहरीले सडक किनारमा घन्टौंसम्म उभ्याउने गरेको छ । यस्तै, वडा प्रहरी कार्यालय सामुन्ने नियन्त्रणमा लिइएकाहरुको सवारीसाधन साँझ ५ बजेसम्मका लागि वडा कार्यालयमा राख्ने गरिएको छ ।

प्रहरीको कारबाहीमा परेकाहरुले भने प्रहरीले दुःख दिएको भन्दै आ–आफ्नै तर्क राख्ने गरेका छन् । जहदा गाउँपालिका मझारेकी राधा साहले आवश्यक कामका लागि हिँड्दासमेत प्रहरीले दुःख दिएको गुनासो गरिन् । ‘लकडाउन’ उल्लंघन गरेको कसुरमा प्रहरीले बिहीबार साँझसम्म मोरङभरीबाट ११ सय ५७ सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।

शुक्रबार बिहानसम्म कारवाहीमा परेका सवारीसाधनमा मोटरसाइकल ७ सय ६३, स्कुटी ५२, कार र भ्यान २३, ट्रयाक्टर १४, ट्रक २५, साइकल ३ सय ३०, सिटी तथा ट्याम्पो ४० गरी १२ सय ४७ वटा सवारी साधन र ६ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कतिपयले ‘लकडाउन’लाई गम्भीरतापूर्वक नलिएकाले समस्या देखिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।

सम्बन्धित समाचार

दलित महिलाको पहुँच अभिबृद्धीमा मिडियाको भूमिका आवश्यक

विराटनगर । समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिबृद्धीका लागि मिडियाकर्मीहरुको भुमिका अति आवश्यक रहेको दलित अधिकारकर्मीहरुले बताएका छन् । राजनीतिक दलहरुले निर्वाचनमा विजय हुनका लागि घोषणा–पत्रमा दलित महिलाहरूको अधिकारको कुरा गरेपनी नीति...

प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर, १० साउन–प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १÷१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २...

गृह नगरमा ललित राजवंशीलाई भव्य स्वागत

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित राजवंशीलाई गृह नगरी विराटनगरमा भव्य स्वागत गरिएको छ । खेलकुद संग सम्बन्धीत विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरुले राजवंशीलाई...

आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...

केही दिनमै डिस्चार्ज हुँदै टेकुमा उपचार गराइरहेका कोराना संक्रमित

काठमाडौं, २९ चैत-टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का २ सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा...

चीन–भारत तनावमा मध्यस्थता गर्न चाहन्छु :ट्रम्प

एजेन्सी, जेठ १६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन–भारत तनावमा मध्यस्थता गर्न चाहेको बताएका छन् । उनले चीनसँग जारी तनावका विषयमा आफूले कुराकानी गरेको र सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर, २१ पुस-इलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता...

ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडीमा आक्रमणको प्रयास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ। सोमबार विभिन्न कार्यक्रममा सहभागी हुन ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले आक्रमणको प्रयास गरेका हुन । स्थानीयबासीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्