विश्व्यापी रुपमा फैलेएको कोरोना भाइरस कोभिड १९ को कारण विश्वभर संक्रमितको संख्या ५० हजार नाघेको छ ।पछिल्लो दिन संक्रमितको संख्या करिव ८० हजार थपिँदा १० लाख १४ हजार २५६ जनामा संक्रमण फैलिसकेको देखिएको छ ।
पहिलो ३ महिनामा संक्रमितमध्ये ३ प्रतिशतको मात्रै मृत्यु भएकोमा अहिले संक्रमितमध्ये ५.३ प्रतिशतको मृत्यु भएको छ ।हालसम्म कोरोना भाइरसको कारण मृतकको संख्या करिव ५३ हजार पुगेको छ । जसमध्ये पछिल्लो १ दिनमा ५ हजार ८ सय जनाको मृत्यु भएको हो ।
संक्रमण अहिले पनि देखिएका विरामी ७ लाख ४९ हजार रहेका छन् जसमा ३७ हजार ७ सय गम्भिर अवस्थामा रहेका छन् । हालसम्म २ लाख १२ हजार जना पूर्णरुपमा ठिक भएका छन् ।