लकडाउनमा राम नवमी

 न्यूज विराट
लकडाउनमा राम नवमी

भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरहरुमा भक्तजनहरुलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैनन् । लकडाउनका कारण धेरै मानिस घरबाट बाहिर निस्किएका छैनन् ।

लकडाउनका बाबजूद जो बाहिर आएका छन्, उनीहरुलाई सुरक्षकर्मीले मन्दिरसम्म जान दिइरहेका छैनन् । ‘म त मन्दिरसम्म गएको थिएँ ढोका नै लागेको थियो’, राम युवा कमिटिका पूर्व उपाध्यक्ष परमेश्वर साहले बताए ।

उनले ढोकाकै पूजा गरेर फर्किए । राम मन्दिर र जानकी मन्दिरको मूल ढोकाहरुमा ताल्चा लागेको छ । ‘मानवता बचाउनु छ, घरमा पूजा गर्दापनि हुन्छ,’ धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले भने ।

कोरोना भाइरसका कारण मन्दिरहरुको पूजापाठ निकै प्रभावित भएको छ । हुनत राम जन्मोत्सवसँग जोडिएका पूजाहरु मन्दिरमा गरिने राम मन्दिरका महन्थ राम गिरीले बताए ।

मन्दिर भित्र सबै कार्यक्रम गर्ने तर भक्तजन सहभागी नहुने उनले बताए । यसअघिका बर्षहरुमा रामनवमीमा हजारौं भक्तजनहरुको भीड हुन्थ्यो । देशविदेशका साधुसन्तहरु आउँथे । तर यसपाली लकडाउनका कारण कोही आएका छैनन् ।

प्रदेश सांसद रामअशिष यादवले कोरोन भाइरसको प्रकोप नियन्त्रण गरेपछि आगामी वर्षहरुमा पूजा गर्न सकिने भन्दै घर घरमा पूजा गर्न सल्लाह दिए ।

सम्बन्धित समाचार

मदिरा उत्पादनका लागि खाद्यान्न बिक्री गर्न रोक

पाँचथर, ४ बैशाख-पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ । लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने...

भुजेल भाषा र लिपी पुस्तक बिमोचन

विराटनगर । भुजेल भाषा र लिपी नामक पुस्तक बिमोचन गरिएको छ । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाबाट...

प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चलले खोल्यो खाता, ज्याबलिङ थ्रोमा ल्यायो स्वर्ण पदक

विराटनगर । विराटनगरको सहिद मैदानमा जारी प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचना नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले स्वर्ण पदक जितेको छ ।शुक्रबार भएको ज्याबलिङ थ्रो छात्रातर्फ भएको प्रतियोगितामा पूर्वाञ्चल एकाडेमी स्कुलकी कक्षा सातमा अध्ययरत सीतल मगरले स्वर्ण...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

मोरङमा शान्ति सुरक्षा स्थापनाका लागि प्रविधि र जनशक्तिको प्रयोग

विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ । सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा...

प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरू, उद्घाटन खेलमा १२ स्कुल विजय

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरु भएको छ । प्याब्सन विराटनगरको आयोजनामा मंगलबारदेखि प्याब्सन प्रेसिडैन्ट फुटबल कप सुरु भएको हो ।१५ वर्ष मुनिका प्याब्सन आवद्ध विद्यालयलहरुले भाग लिने प्रतियोगिताको उद्घाटन खेलमा एक दर्जन विद्यालय...

पाँचौ मिल्स गोल्डकपको सेमिफाइनलको समिकरण पूरा, आयोजकलाई हराउँदै लेटाङ्ग अन्तिम चारमा

विराटनगर । मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ...

मिल्स नकआउट फुटबलको फाइनल शनिबार : उपाधिको लागि रेडस्टार र मेरिल्याण्ड भिड्दै

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको शनिबार हुने फाइनलमा उपाधिको लागि मोरङ पथरीको रेडस्टार र विराटनगरको मेरील्याण्ड स्कुल भिड्ने भएको छ ।विराटनगरको जुटमिटलको खेलमैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा रेडस्टारले सुन्दरहरैचाको ब्राइट फियूचर र रेडस्टारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्