
आज प्रदेश १ मा अहिलेसम्मकै धेरै ५ सय ५२ संक्रमित थपिए
विराटनगर २४ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा पाँच सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा सुनसरीमा तीन सय १०, मोरङगमा एक सय...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।
बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएकाले यसबारे थप स्पष्ट पार्न विज्ञप्ति जारी गरिएको उल्लेख छ ।
‘मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा र्यापिड टेस्ट किटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेस्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएपछि हामीले यसबारे थप प्रस्ट पार्नुपर्ने आवश्यकता देखी यो विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले खरिद गरेको किटको गुणस्तर मापन भएपछि मात्र प्रयोग हुने मन्त्रालयले स्पष्ट पारेको छ । ‘सरकारले ल्याएको र्यापिड टेस्ट किटको गुणस्तर निर्क्याेल गरेपछि मात्रै प्रयोग हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो ।’
किटको गुणस्तर जाँच गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएको र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्रै प्रयोगमा ल्याइनेसमेत मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयले खरिद गरिएका किट चीन सरकारले प्रमाणित गरेको भन्दै अहिले युरोप अमेरिकाले पनि यही प्रविधिमार्फत कोरोना भाइरसको परीक्षण गरिरहेको उल्लेख गरेको छ ।
‘चीनबाट खरिद गरी ल्याएको र्यापिड टेस्ट किट चीन सरकारले प्रमाणित गरेको किट हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा महामारी फैलिइहाले र एकैपटक हजारौँ टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले र्यापिड टेस्ट किट प्रयोग गरी स्क्रिनिङ गर्ने र शंकास्पदको पीसीआर प्रविधिबाटै जाँच गरी निर्याेल गर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार पूर्वतयारी गर्न खोजिएको हो ।’
विराटनगर २४ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा पाँच सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा सुनसरीमा तीन सय १०, मोरङगमा एक सय...
विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् । विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन्...
विराटनगर, १३ फागुन । ंनेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले घरेलु तथा साना उद्यमीहरुले उत्पादिन वस्तुको बजारीकरणका लागि स्टल राख्ने भएको छ । मञ्चले विराटनगरमा पत्रकार सम्मेलन गरी युवा उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्ने...
काठमाडौं, कात्तिक १ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही...
सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान...
माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ। तिनै मृतक र बेपत्ताहरूको सम्मानमा र द्वन्द्वकालीन सामरिक क्षेत्रको संरक्षण गरी ‘युद्ध पर्यटन’को विकास गर्ने...
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ पट्वारीका २३ वर्षिय राजेश कुमार स्वर्णकारको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ । गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी राजेशसहित १० जना...
विराटनगर, असार २६–प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.