जोखिम न्युनिकण गर्न सीमामा थप कडाइ गर्नुपर्छ: पूर्वमन्त्री मण्डल

 न्यूज विराट
जोखिम न्युनिकण गर्न सीमामा थप कडाइ गर्नुपर्छ: पूर्वमन्त्री मण्डल

विराटनगर, चैत १७–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न भारतसँग सीमा जोडिएका नाकाहरुका थप कडाइ गर्नुपर्ने बताएका छन् । उनले विश्वव्यारी महामारिका रुपमा फैलिएको कोरोना संक्रमण भारतको बिहार राज्यमा समेत रहेकाले सिमामा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले अहिले पनि सीमा वारीपारि गर्नेक्रम नरोकिएकाले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरि कडाइगर्नुपर्ने बताएका हुन् । ‘हाम्रो छिमेकी देशको बिहार राज्यमा पनि कोरोना संक्रमण फैलियसकेको छ । तर, अहिले पनि सीमानाकाबाट वारिपारी गर्ने क्रम रोकिएको छैन ।’ उनले भने,‘लक डाउन जनताकै लागि भएकाले कडाइका साथ पालना हुनुपर्छ । गरिव, विपन्न र मजदुर बर्गको राहतका लागि घर घरमै खाद्यान्न उपलब्ध गराउनुपर्छ ।’

नेकपा विराटनगर महानगरका इन्चार्ज समेत रहेका सांसद मण्डलले सँझपख देखि विराटनगर लगायत सवै ठाउँमा अत्याधिक भिडभाड हुन थालेकाले दुरि व्यवस्थापन गर्दै अत्यावश्यक वस्तु खरिद विक्रिको प्रवन्ध मिलाउदै लक डाउन मा कडाइ गर्न आग्रह गरे ।

उनले साँझपख गर्न थालिएको भिडभाडले संक्रमणको जोखिम भएकाले साँझको समयमा पनि लक डाउन कडाइका साथ लागु गर्न आग्रह गरेका हुन् । उनले लक डाउनका कारण किसान, मजदुर, विपन्नवगर्ग मात्र नभएर उद्योगी व्यवसायी लगायत सवैक्षेत्र मारमा परेकाले सवैलाई सरकारले उक्त समय अवधिभर ऋण र व्याजमा छुटको अविलम्ब ब्यवस्था गर्नसमेत आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्