लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

 न्यूज विराट
लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो ।

रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर नगरपालिकाकी ८ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।

फतुवामा स्थानीय १८ वर्षीय नवल पासवानले छिमेककी ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । शनिबार राती घरबाट नजिकैको किराना पसलमा खाने तेल किन्न गइरहेकी ती बालिकालाई नियन्त्रणमा लिएर पासवानले नजिकैको गल्लीमा लगेर बलात्कार गरेको बताइएको छ । पीडा सहन नसकेर बालिका रूने र चिच्याउने गरेपछि घटनाबारे थाहा पाएका स्थानीयले पासवानलाई समातेर प्रहरीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले आरोपी पासवानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चन्द्रपुरसहित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिका र पीडकको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ । बलात्कार आरोपी पासवानमाथि बालयौन दुराचार सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान थालिएको छ ।

गत चैत्र १३ गते कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका २८ वर्षीय भाग्यनारायण साह फरार भएका छन् ।

घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी निज शाहले छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाई बलात्कार गरेको आरोप लागेको छ ।

साहले किशोरीमाथि दिउँसै ढोका थुनेर बलात्कार गरेको र भिडियो समेत बनाएको खुलेको छ । साहले बलात्कारको घटनाबारे कसैलाई भनेमा भिडियो सामाजिक सञ्जालमा राखिदिने धम्की दिँदै आएको किशोरीले बताएकी छिन् ।

पीडितले घटनाबारे बाबुआमालाई बताएपछि घटना बाहिर आएको थियो । इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्ती करणी मुद्दा दर्ता भएको र भिडियोबारे थप अनुसन्धान भइरहेको बताए ।

पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सम्बन्धित समाचार

सङ्कट समाधानमा सरकार प्रभावकारी देखिएन : महामन्त्री डा कोइराला

काठमाडौं, २३ असार-नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको बीपीको...

आज त्रिविको ४७औं दीक्षान्त समारोह

काठमाडौं, ५ पुस । त्रिभुवन विश्वविद्यालयले सोमबार ४७औं दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान...

एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्ने ३ विरुद्ध ‘अभद्र व्यवहार मुद्दा’

पोखरा, २२ असार-पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको छ । पोखराको मझुवामा शव व्यवस्थापनका क्रममा प्रहरीलाई आक्रमण गरी चेक पोस्टमा समेत तोडफोड...

विराटनगरमा हराएको भन्दै कांग्रेस केन्द्रीय सदस्यमाथि हातपात

विराटनगर, ३ वैशाख । विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका हुन् । मंगलबार बिहान अन्सारीकै घरमा...

भारतमा सेक्युरिटी गार्डको जागिर लगाइदिन्छु भन्दै ठगि गर्ने व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २९ मंसिर । भारतमा जागिर लगाइदिने भन्दै ठगि गरेको आरोपमा एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् । उनले विराटनगर बसपार्कबाट...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले...

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्