डाँका मुद्दामा १ वर्ष कैद सजाय पाएका व्यक्ति एकै दिनमा मुक्त

 न्यूज विराट
डाँका मुद्दामा १ वर्ष कैद सजाय पाएका व्यक्ति एकै दिनमा मुक्त

धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दिपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर १ वर्ष कैद सजाय भुक्तानका लागि २०७६ चैत्र ११ गते महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादव आगामी २०७७ चैत्र ११ गते रिहा हुने थिए तर उनी जेलमा १ दिन मात्रै बसेर रिहा भएका छन् ।

जलेश्वर कारागार शाखाका जेलर मकसुदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिमाना तिरेर उनी रिहा भएका छन् । धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजाय बापतको जरिमाना लिएर रिहा गर्न आदेश दिएको हो ।

विगतमा कैदीलाई यस्तो सुविधा थिएन । तर कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि चैत्र ७ गते सर्वोच्च अदालतको पूर्ण बैठकबाट पूर्व तयारी तथा अपनाउनुपर्ने सावधानीका सन्दर्भमा २३ बुँदे परिपत्र जारी गरिएको थियो ।

सम्बन्धित समाचार

साउन मसान्तबाट कक्षा १२ को परीक्षा, भौतिक उपस्थितिमै परीक्षा सञ्चालन

काठमाडौं, साउन ५ । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैं...

बीपी प्रतिष्ठानमा खोप लगाएकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर, १५ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण एक बृद्धा महिलाको मृत्यु भएको छ । शुक्रबार कोरोना पोजिटिभ देखिएकी सुनसरीको धरान उपमहानरपालिकाकी ७६ वर्षीया बृद्धा महिलाको प्रतिष्ठानमा उपचारका क्रममा...

पहिरो खस्दा पर्वत-बागलुङ खण्ड अवरुद्ध

पर्वत, ६ असार-गए रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको...

लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...

सीमा विवादमा चीनसँग पनि वार्ता गर्न देउवाको सुझाव

काठमाडौं, जेठ ४-प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समयसम्म कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै देउवाले निर्मला हत्याको...

महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु

जनकपुर, २१ वैशाख-महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् ।...

क्वारेन्टाइनमा बस्न प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको आग्रह

रुपन्देही, ५ बैशाख-प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम...

मोरङमा यात्रु सहायता कक्ष १० ठाउँमा संचालन

विराटनगर । मोरङमा चाडपर्वलाई लक्षित गरेर यात्रु सायहता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी विराटनगरमा मंगलबार ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर संचालनमा ल्याइएको छ । विराटनगर महानगरपालिका–११ बसपार्कमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्