एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।
तर युरोपमा एउटा यस्तो देश छ, जहाँ अधिकारीहरू कोरोना भाइरस रोक्न आमजनजीवनमाथि प्रतिबन्ध लगाउनुपर्ने अवस्थाबाट मुक्त छन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन युरोपेली राष्ट्र बेलारूस आफ्ना निकट छिमेकी देश युक्रेन र रूसजस्तो कडा कदम उठाइरहेको छैन ।
युक्रेनले छिट्टै कोरोना रोक्नका लागि संकटकाल लगाउने तयारी गरिरहेको छ भने रुसले स्कुलहरू बन्द गरेको छ, सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ, अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेकोे छ । तर बेलारूसको दैनिकी अरूबेलाजस्तै सामान्य छ । देशका सीमाहरू पहिलेजस्तै खुला रहेका छन् ।