बिहीबारबाट यी सवारी साधन चल्नेछन्, उच्चस्तरीय समितिका १२ निर्णय

 न्यूज विराट
बिहीबारबाट यी सवारी साधन चल्नेछन्, उच्चस्तरीय समितिका १२ निर्णय

उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ ।बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे ।

औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय गरिएकाे छ ।

थप १२ निर्णय

१. स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने।

२. अति आवश्यक बैंकिङ सेवा गृह मन्‍त्रालय र अर्थ मन्‍त्रालयको समन्वयमा सुचारु गर्ने।

३. औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने। यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने।

४. औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्‍न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने। गृह मन्‍त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने।

५. ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने। यसका लागि गृह मन्‍त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने।

६. स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्‍चालन गर्न सहजीकरण गर्ने।

७. अति आवश्यक परी खाद्यान्‍न ढुवानी गर्नुपरेमा गृह मन्‍त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्‍त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने।

८. इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्‍त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्‍त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने।

९. गृह मन्‍त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालयको स्वीकृतिमा नेपालका विभिन्‍न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने। यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा निजहरूकै खर्चमा क्वारेन्‍टाइनमा राख्‍ने।

१०. स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने। स्थानीय स्वास्थ्य संयोजकले कोभिड-१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने। यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्‍ट्रिय आपत्‌कालीन कार्यसञ्‍चालन केन्द्रमा र सो केन्द्रले आपत्‌कालीन स्वास्थ्य कार्यसञ्‍चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउने।

११. प्रदेश र स्थानीय तहहरूले क्वारेन्‍टाइनको व्यवस्था गरी सञ्‍चालन गर्ने व्यवस्था मिलाउने।

१२. सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्‍त्री तथा मन्‍त्रिपरिषद्को कार्यालय, गृह मन्‍त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयमा ४ अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउने।

सम्बन्धित समाचार

कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...

काठमाडौं महानगरद्वारा चिकित्सक संघलाई १ हजार थान ज्याकेट सहयोग 

काठमाडौं, १७ जेठ-भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका खटिरहेका चिकित्सकलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र...

हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज...

मोरङ ट्राफिकले सिटी सफारी चालकलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराउँदै

विराटनगर । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरुलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको छ ।मोरङ ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा विराटनगरका सिटी सफारी...

एभरेष्ट सिङ्गिङ आइलड, फाइनलमा १५ जना छनौट

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् । कक्षा १ देखि ५,...

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी (बिओपी) रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो । स...

एमाले एकजुट बनाउन अध्यक्ष ओलीको बोल्ड निर्णय : माधवसहित चार नेतामाथिको कार्वाही फुकुवा

काठमाडौं, बैशाख ३० । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका चारै जना नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल,...

राप्रपा उम्मेदवार फुयालले भ्रष्टाचार नगर्ने कसम खाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।  फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्