नेपालमा पनि विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएपछि सरकारले रोकथाम तथा नियन्त्रणको रणनीति बदलेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले रणनीति परिवर्तन गर्दै सर्विलियन्सको दायरा बढाउन लागेको हो । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि र नेपाल-भारत सीमा बन्द हुने हल्लाले नेपाल भित्रिनेको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानीको दायरालाई फराकिलो बनाउने रणनीति अख्तियार गरेको हो ।
सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न सर्विलियन्स बढाउने तयार गरिएको बताए ।