सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन नपाइने व्यवस्था गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बाेधन गर्दै १० चैतदेखि लामो दूरीका सवारी नचलाउन आह्वान गरेका थिए ।प्रधानमन्त्रीको आह्वानअनुसार यातायात व्यवस्था विभागले उपत्यकाबाहेकका जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान नपाउने व्यवस्था गरेको हो ।
सरकारको यो निर्णय सँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान पाइने छैन ।यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी लैजान नपाउने निर्देशन आएको बताए ।