भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

 न्यूज विराट
भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्।

बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले आवतजावत गरेको नेपालगन्ज उपमहानगरपालिकाले जमुनाहामा सञ्चालन गरेको हेल्थ डेक्सका अहेव शालिकराम कश्यपले बताए। उनका अनुसार चार दिनमा ३३ हजार आठ सय २० जना भारतबाट आएका छन्।

गड्डार्चाकीमा श्रीसिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजंग मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ। ‘बिहान एक्कासि घर फर्किनेको भीड लागेपछि स्वास्थ्य परीक्षण गर्नै गाह्रो भयो’, सहायक रथी शंकर पण्डितले भने, ‘तापनि हामीले त्यसको व्यवस्थापन गर्‍यौं।’

जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनमा ६४ हजार ५४ जनाले सीमा वारपार गरेका छन्।

जमुनाहा हेल्थ डेक्सका अहेव कश्यपका अनुसार हरेक दिन भारतबाट नेपाल आउने बढेको बढ्यै छन्। जमुनाहबाट बुधबार सात हजार सात सय २३, बिहीबार आठ हजार ७ सय ५०, शुक्रबार सात हजार सात सय ५९ नेपाली स्वदेश फर्किएका छन्।

सीमामा कोरोना परीक्षणका लागि शुक्रबारदेखि नेपाली सेना पनि खटिएको छ। नेपालगन्ज उपमहानगरपालिकाबाट पनि एक सिफ्टमा दुई जनाका दरले दैनिक आठ जना स्वास्थ्यकर्मी खटिएका छन्। बिहान ६ बजेदेखि राति १० बजेसम्म चार सिफ्टमा स्वास्थ्यकर्मीले कोरोना जाँचिरहेका छन्।

रुपैडियामा कोरोना जाँच गरिरहेको बहराइच जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र चर्दाका इएमटी दीपक मि श्राका अनुसार चार दिनमा ३० हजार भारत प्रवेश गरेका छन्। भारत जाने पनि हरेक दिन बढिरहेका छन्। बुधबार साढे चार हजार, बिहीबार साढे पाँच हजार, शुक्रबार सात नौ हजार र शनिबार १३ हजारभन्दा बढी पुग्ने मिश्राले बताए

भारतबाट हजारौं नेपाली घर फर्किन थालेपछि सुदूरपश्चिममा स्थानीय प्रशासनले संक्रमण हुन नदिन शनिबार विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए।

उनका अनुसार कञ्चनपुरका गड्डाचौकीबाहेक अन्य नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको छ। भीमदत्त नगरपालिकामा रहेको सीएमए छात्रावास र जिल्ला प्रशासनको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको उनले बताए।

प्रदेश सरकारले भारतबाट फर्किएका नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ बसिदिन आग्रह गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले सीमा क्षेत्रमा ज्वरो नदेखिएपछि ढुक्क भएकालाई घर गएर केही दिन ‘सेल्फ क्वारेन्टाइन’ बस्न भनेका हुन्।

‘वर्षौंदेखि भारतमा काम गरेर फर्केकाहरूले बुवाआमा, पत्नी, छोराछोरी र छिमेकीलाई जोगाउन पनि घरलाई क्वारेन्टाइन बनाउन आग्रह गर्दछु’, मुख्यमन्त्री भट्टले भने, ‘कोरोनाबाट जोगिन हरेक नेपालीको उत्तिकै जिम्मेवारी छ।’

उनले शनिबार बिहान कैलालीस्थित गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाको स्थिति अवलोकन गरेका थिए। उनले घर जाने बाटोमा रहेका हरेक हेल्थ डेस्कमा झन्झट नमानी ज्वरो मापन गर्न आग्रह गरे।अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो...

लेटाङका पाँच सहकारीबिच एकिकरण

विराटनगर, ६ माघ । मोरङको लेटाङ नगरपालिकामा रहेका ठूला ५ वटा सहकारी बीच एकीकरण भएको छ । मोरङ कार्यक्षेत्र रहेका फडानी साकोस, जनचाहाना साकोस, गोदावारी साकोस, खैरेनी साकोस र धोबि साकोस बीच २१ बँुदे सहमतिका...

पाँचथरमा बाढीपहिराेमा परी मृत्यु भएका २६ जनाको सनाखत

पाँचथरमा बाढीपहिराेका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन...

म्यानमारमा रिहा भए ६ सयभन्दा बढी प्रदर्शनकारी

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा मानिसलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौँ,’...

पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

एजेन्सी, असार ७-पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका ३ वटा बम बिस्फोटनबाट २ सैनिकसहित ४ जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटको जिम्मेवारी लिएको छ । एउटा...

बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरस संक्रमण

बेलायती राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ‘पोजिटिभ’ देखिएको बेलायती राजदरबारले जनाएको छ। यस्तै डचेज अफ क्रनवालको पनि परीक्षण गरिएकोमा उनलाई भने कोरोना...

मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो । शुक्रबार नर्सरी...

कृषि उपजको सूचना प्रवाह गर्ने ‘कृषि मुल्य सूचना प्रणाली’ सञ्चालन

विराटनगर । कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले बुधबारदेखि उक्त सूचना प्रणाली संचालनमा ल्याएको हो । मूल्य सूचना प्रणाली सार्वजनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्