अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउ

 न्यूज विराट
अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउ

धनुषा जिल्लाका सबैभन्दा ठूलो क्रसर उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित रहेको कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले शनिबार उक्त क्रसर उद्योगमा अगुगमन गर्दा अवैधरूपमा संचालन गर्दै आएको भेटिएपछि क्रसर उद्योग संचालक महतो पक्राउ परेका हुन् ।

गणेशमान चारनाथ नगरपालिकाका अनुसार महतोले झन्डै १० वर्षदेखि कुनै प्रकारको कर नतिरेको र झुठो बोल्दै सरकारी जग्गा कब्जा गरेर गैरकानूनीरूपमा उद्योग संचालन गर्दै आएका छन् । महतोलाई नगरपालिकले बारम्बार मौखिक र लिखित जानकारी गराउँदा पनि बेवास्ता गरेको नगर प्रमुख रामबाबू यादवले बताए ।

जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झाका अनुसार आफूहरूले उद्योगलाई नवीकरणको लागि आग्रह गर्दा अटेर गरेको र सोधखोज गर्दा उद्योग बन्द रहेको भन्दै महतोले झुठो बोल्दै आएका थिए ।

सम्बन्धित समाचार

सहयोगापेक्षीहरुको उद्धार गरि प्रदेश १ लाई सडक मानवमुक्त बनाइने

विराटनगर, ४ पुस-प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक...

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

विराटनगर, २५ वैशाख । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान १२ का ४१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो...

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

विराटनगर, १४ माघ । इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित एक जनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ स्थित एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको...

मिल्स क्रिकेट प्रतियोगिता : विराटनगर र पटना क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी विराटनगर र भारतको कटियार क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा झापा क्रिकेट क्बललाई ९१ रनले स्तब्ध बनाउँदै विराटनगर...

मोरङमा ‘लापसे’ अभियान तिव्र , लापसे गरेर सवारी चलाउने ९ जना पक्राउ

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । अभियानको क्रममा लापेसे गरी सवारी साधान चलाउने ९...

विराटनगरमा १५ सहित प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, २७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए

विराटनगर, ६ असोज-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास...

नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना

काठमाडौं, १७ जेठ । तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।  नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्