प्रदेश २ को नाम छान्न भोलि मतदान

 न्यूज विराट
प्रदेश २ को नाम छान्न भोलि मतदान

जनकपुर, फागुन ३–प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेश सभामा भोलि बिहान मतदान हुने भएको छ । भोलि विहान ८ बजे बस्ने संसदमा मतदान कार्यसूचि रहेको राजपाका प्रदेशसभा सचेतक परमेश्वर साहले जनाएका छन । प्रदेश २ को प्रदेशसभा गठन भएको करिब साव दुई वर्षपछि भोलि स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र नामकरणको लागि प्रदेशसभा सचिवालयले दलहरूले प्रस्ताव दर्ता गरेको ६ महिनापछि मतदान प्रक्रियाबाट टुंग्याउन लागेको हो ।

स्थायी राजधानीको सवालमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान गर्न लागिएको प्रदेशसभा सचिवालयका एक अधिकारीले वताए । तर, नामकरण विषयमा अझै दलहरू विभाजित छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समिति सदस्य परमेश्वर साहले दुवै विषयमा गोप्य मतदान प्रक्रियाबाट निर्णय लिन प्रस्ताव पेस गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा कराँते प्रतियोगिता हुँदै, भारत र नेपालका ९ टिमको सहभागि रहने

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभड हलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका...

मेयर सराबगीका पिताको निधन

वीरगञ्ज, १५ भदौ-वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीका बुबाको ७८ वर्षको उमेरमा निधन भएको छ ।  १५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको गएराति निधन भएको हो ।  पछिल्लो समय भेन्टिलेटरमा उपचार गरिँदै आइएका...

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मोरङमा मृतकको संख्या ११ पुग्यो

विराटनगर,भदौ १–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे...

सूक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुहोस् : प्रधानसेनापति थापा

काठमाडौं, ७ असार-नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा...

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

आज १४ औँ लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख-१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै छ ।कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका...

ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

काठमाडौं, ११ असार-ऊर्जा व्यवसायीले जलविद्युत् आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिन माग गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा व्यवसायीले धारणा राखेका हुन् । उनीहरूले विदेशी मुद्रामा विद्युत्...

काठमाडौंबाट मजदुर लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्