औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने चेतावनी

 न्यूज विराट
औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने चेतावनी

जनकपुर, फागुन २९–एक जना होटल व्यवसायीले औषधि व्यवसायीलाई कुटपिट गरेपछि आन्दोलनमा उत्रिएको नेपाल औषधि व्यवसायी संघ धनुषाले ९ चैतदेखि औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएको छ । नेपाल औषधि व्यवसायी संघ धनुषाका पूर्वमहासचिव प्रमोद अग्रवाल ‘पप्पु’लाई रुफटप रेस्टुराँका सञ्चालक धर्मेन्द्रकुमार साहले कुटपिट गरेको र हालसम्म उनलाई कानुनी दायरामा नल्याइएको भन्दै औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने बताएको हो ।

नेपाल औषधि व्यवसायी संघ धनुषाका महासचिव तेजनारायण चौधरीले गत २६ फागुनमा आफ्ना सङ्गठनका पदाधिकारी अग्रवाललाई दुव्र्यवहार गर्दै कुटपिटसमेत गरेकाले सो घटनामा संलग्न साहलाई ९ चैतसम्म कानुनी दायरामा नल्याइए संघको धनुषा शाखाले जिल्लाका सम्पूर्ण औषधि पसलहरू बन्द गरी आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमार्फत् चेतावनी दिएको हो ।

स्थानीय जनकपुर टेलिभिजनका सञ्चालकसमेत रहेका अग्रवालले गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधि पसल सञ्चालन आएका छन् । उक्त जग्गाबाट केही जग्गा साहले जबर्जस्ती धाकधम्की देखाएर कब्जा गर्न खोज्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

सम्बन्धित समाचार

कोरोनाको खोप सबैका लागि उपलब्ध हुनुपर्छः महासचिव गुटर्रेस

एजेन्सी, बैशाख १३-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोभिड–१९) को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि...

प्रहरी प्रधान कार्यालयका थप १८ प्रहरीमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, साउन १६-प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ जना प्रहरीमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पतालमा भएको परीक्षणमा थप १८ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो । याेसँगै...

विराटनगर रोडशेष चोकबाट ३७ लाख मुल्य बराबरको अवैध सामान बरामद

विराटनगर, १५ भदौ । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले...

कामदारलाई खुकुरी हानेर फरार भएका विराटनगरका सक्षम सापकोटा पक्राउ

विराटनगर । विराटनगर – २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का...

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, १० जेठ-कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण ११ चैतदेखि सरकारले...

सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा अनिवार्य भन्सार तिराइन्छ

७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले हप्ताभरि विभिन्न कार्यक्रम गरी आज मनाउँदैछ । हप्ताभरि गरेका कार्यक्रम बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी समापन भएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर...

प्रदेश १ मा आइतबार १० जनामा कोरोना पुष्टि, उदयपुरमा फेरी संक्रमण

विराटनगर, जेठ २५–प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । आइतबार विराटनगर महानगरपालिका–३ की २२ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको इनरुवा नगरपालिका–८ का...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्