कोरोना त्रासः चन्द्रगडी विमानस्थलमा उच्च सतर्कताम

 न्यूज विराट
कोरोना त्रासः चन्द्रगडी विमानस्थलमा उच्च सतर्कताम

विराटनगर, फागुन २२–कोभिड १९ भनिने कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि झापाका सीमाक्षेत्रसहित भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा उच्च सतर्कता अपनाइएको छ ।

भद्रपुर विमानस्थल परिसरमा बिहिबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरेसँगै उच्च सतर्कता अपनाइएको हो । भद्रपुर विमानस्थलबाट काठमाडौँ जाने र काठमाडौँबाट फर्किने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको व्यवस्थापन तथा प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालयको समन्वयमा स्थापना गरिएको परीक्षक कक्षको आज विहानदेखि सञ्चालनमा ल्याएको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा पुगेको टोलीले काठमाडौँबाट भद्रपुर आएका बुद्ध एयरका यात्रुलाई चेक जाँच गर्दै परीक्षण कक्षको उद्घाटन गरेको हो ।

विशेष गरी यस विमानस्थलमा भारत, भुटान, बंगालादेश लगायतका देशबाट यात्रुहरू आउने गरेकोले उनीहरूबाट कोरोना भाइरस नेपाल भित्रिन सक्ने अवस्थालाई मध्यनजर गरी विमानस्थलमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । विमानस्थलकै प्रवेशद्वारमा स्थापना गरिएको सो कक्षमा स्वास्थ्यकर्मी खटाइएको छ ।

सम्बन्धित समाचार

सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी...

‘नागरिकतामार्फत् महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ’

काठमाडौं, १० असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता प्रदान गर्ने विषयमा महिला र पुरुषबीच विभेद नगर्न आग्रह गरेका छन् । बुधबार सामाजिक संजाल ट्विटरमार्फत उनले संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको...

१० दिनपछि फेरि बस्ने गरी नेकपा सचिवालय बैठक सकियो

काठमाडौं ३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । १० दिनपछि बस्ने गरी बुधबारको बैठक सकिएको हो । आज बसेको बैठक १० दिनपछि पुन: बस्ने गरी सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस...

विदेशबाट पठाएकाे पैसा खाेजी गरेपछि प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

सिरहा, ५ असोज । श्रीमानकाे हत्यामा संलग्न रहेको आरोपमा सिराहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार...

बेलायत र रसियामा कोरोना संक्रमण द्रुत गतिमा बढ्दै

एजेन्सी, बैशाख ८-युरोपका स्पेन, इटाली, फ्रान्स, जर्मनीमा पछिल्लो केही दिन कोरोना संक्रमण घट्दो क्रममा रहे पनि बेलायत र रसियामा भने तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र बेलायतमा ५ हजार ९ सय संक्रमित...

विराट नर्सिङ होमको डाईग्नोष्टि ल्याबको संकलन केन्द्र इनरुवामा पनि स्थापना

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गरेको छ । इनरुवा १ हस्पिटल गेटनिजक रहेको साएमा पोलिक्लिनिकमा सोमबार एक कार्यक्रम...

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का २ वाइडबडी ए–३३० जहाज काठमाडौं आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए...

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित

काठमाडाैं, ११ वैशाख-भोजपुरमा पनि कोरोना भाइरस (कोविड–१९)का संक्रमित भेटिएका छन् ।हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो । विदेशबाट आएका ती व्यक्तिको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । योसँगै नेपालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्