नवनिर्वाचितच राष्ट्रियसभाका सदस्यले लिए सपथ

 न्यूज विराट
नवनिर्वाचितच राष्ट्रियसभाका सदस्यले लिए सपथ

काठमाडौं, फागुन २१–गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिलिल्सिनाले बुधबार बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । मंगलबार राष्ट्रपतिबाट मनोनीत १ सहित १९ जनाको कार्यकाल सकिएको थियो ।

रिक्त पदका लागि गत ९ माघमा निर्वाचन भएको थियो । यद्यपि राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको भने टुंगो लागेको छैन । सत्तारुढ दल नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपनि सिफरिस भने भएको छैन् ।

सपथ लिने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भूसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, तुलसाकुमारी दाहाल, राधेश्याम पाश्वान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आजै सपथ लिएका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानवादीहरू आन्दोलित

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रर्दशन...

माइक्रोसफ्टले पूर्ण रूपमा बन्द गर्दै इन्टरनेट एक्सप्लोरर

एजेन्सी, ७ जेठ । कुनैबेला इन्टरनेट ब्राउजरको क्षेत्रमा एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ...

मेस्सी सर्वाधिक आय भएका खेलाडी, रोनाल्डो दोस्रो नम्बरमा

एजेन्सी, ३० भदौ-अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् । फोर्ब्सका अनुसार सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन् । उनले पोर्चुगल तथा युभेन्टसका क्रिष्टियानो...

रूकुम घटनाबारे प्रतिनिधिसभामा आरोप-प्रत्यारोप

काठमाडौं, १३ जेठ-सांसदले रूकुम चौरजहारीको घटनामा पूर्वगृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचका आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारूढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा...

१६ एसएसपीकाे सरुवा र १९ काे पदस्थापन

काठमाडौं, १८ वैशाख- नेपाल प्रहरीका १६ एसएसपीको सरूवा गरिएको छ । साथै, आज नै १९ एसएसपीको पदस्थापन पनि भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले १७ वैशाखदेखि लागू...

बुढानिलकण्ठ स्कूलले मनायो ४१ औं अभिभावक दिवस

विराटनगर । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो...

नेकपाका ६१ सांसदले भने– हामी कुनै गुटमा छैनौं 

काठमाडौं, २५ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् । आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्