रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा सुरु

 न्यूज विराट
रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा सुरु

विराटनगर, फागुन १०–मोरङको रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा शनिबारदेखि सुरु भएको छ । रतुवामाई नगरपालिकाले वडा नं. ६ सौँठा स्थित बुधबारे बजारमा शनिबार बृहत भेला आयोजना गर्दै आफ्नो छैठौँ नगरसभा सुभारम्भ गरेको हो ।कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर रवीन राईले आफुहरु निर्वाचित भएर आएपछी सुरुमा विभिन्न कानुनी र व्यवहारिक कठिनाई आईपरेपनि हाल नगरको चौतर्फी विकार र समृद्धिमा लागि परेको बताए ।

‘संघियतामा गएपछीको पहिलो अभ्यासका क्रममा हामी निर्वाचित भएर आयौँ । सुरुमा केही कठिनाईहरु पक्कै पनि आइपरेका थिए । तर, हाम्रो टिमको सहकार्यले ति कठिनाईहरु चिर्दै अघि बढेका छौँ ।’ उनले भने,‘हामी नगरको विकास गर्न भनेर आएका हौँ । त्यसैले सके सम्म राम्रो गर्दै नगरलाई समृद्धि र विकासको दिशामा अघिबढाउन हाम्रो टिम दत्त चित्त भएर लागि परेको छ ।’

मेयर राईले नगरमा चक्रपथको अवधारणा बनाएर सर्वसुलभ र सहजरुपमा नगरबस सञ्चालनको योजना समेत चालु नगरसभाले अघि बढाउने जानकारी दिए । उनले चालु नगरसभाबाटै नगरको पर्यटन विकासका लागि वडा नं. १० स्थित जननेता मदन भण्डारीको आवस क्षेत्रको पूर्वाधार निर्माण र संरक्षणको योजना बनाउने बताए । मेयर राईले नगरसभाबाट झुर्किया स्वास्थ्य चौकीलाई नगर अस्पतालका रुपमा विकास गर्ने र इटहरामा ट्रमा सेन्टर स्थापनाको प्रकृया अघि बढाइने जानकारी दिए । उनले चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा नगरपालिकाको वित्तिय प्रगति ४५ प्रतिशत रहेको जानकारी दिँदै आर्थिक वर्षको अन्त्य सम्ममा शतप्रतिशत हुने दावी गरे ।

नगरसभामा रतुवामाई नगरपालिकाकी उपमेयर दयन्तादेवी चुडालले नगर कार्यपालिकाको तर्फबाट समिक्षात्मक नीतिगत प्रश्ताव पेश गरेकी थिइन् । उनले नगरसभामा नगरपालिकाको कार्य सम्पादनमा आवश्यक पर्ने ऐन, कानुन, कार्यविधि निर्माण तथा संशोधनका लागि प्रश्ताव पेश गरेकी हुन् ।

उनले भौतिक पूर्वाधार विकास तर्फ सडक निर्माण तथा मर्मत, भवन निर्माण, विद्युतीकरण, नदी नियन्त्रण, पर्यटन पूर्वाधार, सामाजिक विकास तर्फ स्वास्थ्य सेवा, शिक्षा, युवा तथा खेलकुद, लक्षित समुहको विकास, आर्थिक विकास तर्फ पुशुपंक्षी, साप्ताहिक हाटबजार तथा व्यवसाय सञ्चालन, औद्योगीकरण, आन्तरीक आम्दानीका विषयमा नीतिगत प्रश्ताव पेश गरेकी छन् ।

त्यस्तै उपमेयर चुडालले संगठन व्यवस्थापन, सेवा प्रवाह र सुशासन, योजना छनौट तथा बजेट बिनियोजन, अनुगमन÷सुपरिवेक्षणका लागिसमेत नीतिगत प्रस्ताव पेश गरेकी छन् । प्रस्तावहरु माथि आगामी फागुन १७ गतेदेखी छलफल हुने र चालु सभाले निर्णय गरेर कार्यान्वयनमा ल्याइने नगरपालिकाले जनाएको छ।

शनिबारबाट सुरु भएको नगरसभामा मोरङ क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्य तथा सार्बजनिक लेखा समितिका सभापति शिवनारायण सिंह (गन्गाई) र जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल विषेश आतिथिका रुपमा सहभागि थिए । सो अबसरमा बोल्दै प्रदेशसभा सदस्य तथा सार्बजनिक लेखा समितिका सभापति गन्गाईले भ्रष्टार विरुद्ध प्रदेश सरकारले शुन्य सहनताको नीति अपनाउने घोषणा गरेकाले नगरपालिकाका जनप्रतिनिधिलाई सोही अनुरुप काम गर्न आग्रह गरे ।

‘मुख्यमन्त्री ज्यूले प्रदेशमा भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउने उद्घोष गर्नु भएको छ । म आफै भ्रष्टाचारको छानबिन गर्ने निकायको जिम्मेवारी भएकाले उहाँले कडाईका साथ काम गर्न आग्रह गर्नु भएको छ ।’ उनले भने,‘प्रदेश सरकारका मन्त्री वा पालिकाका जनप्रतिनिधि जो सुकै होस् भ्रष्टाचार लगायतका गलत कार्यमा कुनैपनि छुट् हुनेछैन । त्यसैले कार्यकालभरी निस्कलंक भएर काम गर्नुहोस् भन्ने मेरो आग्रह छ ।’

गन्गाईले रतुवामाई नगरपालिका अन्तर्गत पर्ने बक्राह र रतुवा नदीले वर्षेनी हजारौँ जनता विस्थापित हुँदै आउनुपरेकाले तटबन्ध र दिर्घकालिन समस्या समाधानका लागि पहल थालिएको बताए । उनले क्षेत्र नं. २ को विकासका लागि संघ र प्रदेश सरकारमा थुप्रै पहलहरु गरिएको जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले संविधानले स्थानीय तहमा सत्तापक्ष र विपक्षको कल्पना नगरेकाले नगरको विकासमा सवै एकजुट भएर लाग्नुपर्ने सुझाव दिए । ‘स्थानिय तह जनतासँग प्रत्यक्ष जोडिने भएकाले संविधानलेनै पक्ष वा विपक्ष भनेर कल्पनासमेत गरेको छैन । हिँजो चुनावकाबेला दल विषेशबाट तपाईहरु आउनु भएपनी त्यसपछी तपाईहरु सवैको साझा हो ।’ उनले भने,‘अब सवै जनप्रतिनिधि एकजुट भएर नगर विकासमा लाग्नुपर्छ ।’

उनले मदन भण्डारी र जिपि मार्ग निर्माण प्रतिष्ठाको विषय भएकाले हाल निर्माणमा भइरहेको ढिलाई अन्त्य गरि दु्रत गतिमा अघि बढाउन आग्रह गरे । ‘मदन भण्डारी र जिपि कोइराला मुलुक निर्माणका महत्वपूर्ण व्यक्तित्वहरु हुन् । उहाँहरुको नाममा निर्माण भइरहेको सडक हाम्रो गौरवको आयोजना हो । त्यसैले यसको निर्माणमा ढिलाई हुनुहुँदैन ।’ पोखरेलले भने,‘अब यो सडकको दु्रत गतिमा निर्माण सम्पन्न गर्नुपर्छ । यस तर्फ तपाईहरुको ध्यान जाओस् ।’

उनले चालु नगरसभाले नगरक्षेत्रका सामुदायीक विद्यालयको स्तरोन्नती र शिक्षाको गुणस्तरवृद्धि, सर्वसुलभ स्वास्थ्य उपचारसेवा, पूर्वाधार निर्माण, लक्षित बर्गको क्षमता विकास, कृषि क्षेत्रको प्रवद्र्धन र विकासलगायतमा विषेश ध्यान पुर्याउनुपर्ने सुझाब दिए । शनिबारदेखि सुरु भएको नगरसभाको आज पहिलो दिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रतुवामाई नगर कमिट अध्यक्ष शिवनारायण राजवंशी, नेपाली कांग्रेसका जिवन पनेरु, समाजवादी पार्टीका कृष्ण ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष पूर्ण पौडेल, कृषकहरुका तर्फबाट सौँठा कृषक समुहका अध्यक्ष चुडामणी संग्रौलालगायतले विभिन्न सुझावसहित नगरसभाको सफलताका लागि शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेव

काठमाडौं, १९ वैशाख-नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेलगत्तै उपाध्यक्ष वामदेव गौतमले कानुनी परामर्श थालेका छन् । संविधान संशाेधन नगरी तत्कालका लागि प्रधानमन्त्री बन्ने सबै बाटो बन्द देखेका वामदेवले राष्ट्रियसभा...

प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बालाई मातृशोक

विराटनगर । प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बालाई मातृशोक परेको छ । सुब्बाकी आमा सुनसरीको बराहक्षेत्र नगरपालिका – ८ सैनिक टोल निवासी देव कुमारी लिम्बुको ८९ वर्षको उमेरमा निधन भएको हो । उनका तीन छोरा र...

कोरोना संक्रमणबाट विराटनगरमा थप १ महिलाको मृत्यु

विराटनगर, भदौ १०–कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षिया महिलाको गएराती ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ

जनकपुर, ८ जेठ-लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो । केही...

सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

काठमाडाैं, २८ वैशाख-उपत्यका नगरपालिका फोरमले सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकारलाई सहयाेग गर्ने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो...

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

चौतारा १८ पुस-रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले...

नवजात शिशु बेचेको घटनामा नर्ससहित थप चार जना पक्राउ

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु बेचेको घटनामा संलग्न थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका नर्स र पाँच लाखमा शिशु बेच्ने डाक्टर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्