काठमाडौं, माघ २९–राष्ट्रिय वाणिज्य बैंकको नाफा चालू आर्थिक वर्षको ६ महिनामा ८.३१ प्रतिशतले घटेको छ । नाफा घटे पनि अन्य बैंकको तुलनामा भने वाणिज्य बैंक नै अगाडि छ । बैंकको नाफा यस वर्ष २ अर्ब २० करोड ९४ लाख पुगेको छ । गत वर्षको तुलनामा यो २० करोड ५ लाख कम हो ।
बैंकको खराब कर्जा पनि गत वर्षको तुलनामा बढेको बैंकको दोस्रो त्रैमासिक विवरणमा उल्लेख छ । बैंकको खराब कर्जा ४.७७ प्रतिशतले बढेको छ । गत बर्ष ३.४ प्रतिशतमा सीमित थियो । बैंकको खुद आम्दानी पनि २ प्रशितले बढेको छ । बैंकले आधारदर ६.६ मा पुर्याएको छ भने स्प्रेड दर पनि गत वर्षको तुलनामा ०.७५ प्रशितले बढाएको छ । बैंकको अहिले स्प्रेड दर ५.५३ छ । बैंकसँग निक्षेप १ खर्ब ९४ अर्ब ९० करोड रकम छ भने ऋण लगानीे १ खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।