राशिफल

भ्रष्टाचार छानबिनमा अख्तियार स्वतन्त्र छ, कसै माथि विभेद गरेको छैन : मण्डल

 न्यूज विराट
भ्रष्टाचार छानबिनमा अख्तियार स्वतन्त्र छ, कसै माथि विभेद गरेको छैन : मण्डल

विराटनगर, माघ २९-पूर्वमन्त्री प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शिवकुमार मण्डलले देशमा भ्रष्टाचारको बिउ रोप्ने नेपाली कांग्रेस भएको आरोप लगाएका छन् । शिलापत्रसँगको विषेश कुराकानीमा नेता मण्डलले प्रजातान्त्रीक आन्दोलनबाट स्थापित पहिलो सरकारदेखी मुलुकमा लामो समय सम्म सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेकाले उसैले भ्रष्टाचारको बिउ रोपेको आरोप लगाएका हुन् ।

‘आफुलाई प्रजातान्त्रीक आन्दोलनको नेतृत्व गरेको भन्ने नेपाली कांग्रेसनै देशमा भ्रष्टाचारको बिउ रोप्ने पार्टी हो । विकासको बाधक कांग्रेस हो । आर्थिक वृद्धिद्धर र परदर्शी जिवन जिउने कुराको बाधक पनि नेपाली कांग्रेस हो ।’ उनले भने,’प्राजातन्त्रपछीको पहिलो सरकारको नेतृत्व गरेको कांग्रेसले नयाँ संस्कृती र संस्कार मुलुकमा बसाल्न सकेन । भ्रष्टार र बेतिथी अन्त्यको जग बसाल्न सकेन । उसले साना गल्तिलाई बेवास्ता गर्दै गयो र आज ठुला ठुला भ्रष्टाचार भइरहेका छन् । तर, नेकपा नेतृत्वको सरकारले अब वेतिथि र भ्रष्टारलाई निर्मुल पार्दै लान्छ ।’
ललिता निवास प्रकरणमा गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्धा दायर गरेपछि संसद अवरुद्ध गर्दै गरेको विरोधप्रति इंगीत गर्दै नेता मण्डलले अख्तियारले गरेको राम्रो कामको प्रसंसा गर्नुको साटो विरोध गर्नुको कुनै तुक नरहेको बताए ।

‘मुद्धा दर्ता वा छानविन गर्ने वित्तिकै भ्रष्टाचारी भनेर किटान भएको होइन । आयोगले गरेको कुरामा चित्त नबुझे न्याय खाज्ने ठाउँ छ ।’ उनले भने,‘अदालतको काम अदालतले गर्छ, अख्तियारको काम अख्तियारलेनै गर्छ, सरकारको काम सरकारले गर्छ र संसदको काम संसदले गर्छ । यो विषय संसदको विषय नभएकाले अवरोध गर्नु कमजोर मानसिकताको उपज हो ।’

नेकपा विराटनगर महानगर कमिटीको इन्चार्जसमेत रहेका नेता मण्डलले अख्तियारले कानुन र नियम अनुसार गरेको विषयमा नेपाली कांग्रेसको अवरोध गर्ने कुनै तागत नरहेको बताए । ‘सिस्टममा अगाडी जान लागेको मुलुकमा कांग्रेसले भ्रटचारीको संरक्षण गर्न खोज्दैछ । गोलचक्करमा फस्ने र आन्दोलनबाट प्राप्त उपलब्धि असफल पार्ने षड्यन्त्रमा नेपाली कांग्रेस लागेको स्पष्ट देखिएको छ ।’ उनले भने,‘सुरुदेखि लामो समय सम्म सरकारको नेतृत्व गरेको कांग्रेसले सानो गल्तिलाई छुट दिएकाले गर्दा अहिले ठुल्ठुला भ्रष्टाचार भइरहेको छ ।’

उनले आफ्ना नेता ताथा कार्यकता माथि आरोप लगाएर नेपाली कांग्रेसले आफुले गरेका गलत कामको ढाकछोप गरि जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए । उनले कानुनी हिसाबमा अख्तियारले गरेको कामको विरोध गरेर कांग्रेसले न्यायलय र संवैधानिक निकायलाईसमेत प्रभावमा पार्न खोजेको आरोप लगाए । ‘अख्तियारले कानुनी ढंगले काम गर्छ । यहाँ आग्रह र पुर्वाग्रहको कुरा आउँदैन । भ्रष्टाचारको बिउ रोपेको कांग्रेससँग अख्तियारको विरोध गर्ने तागत छैन ।’ उनले भने,‘ राजनितिक रुपमा एजेण्डा नभएपछी कहिले अदालत, कहिले अख्यिार त कहिले के भनेर अवरोध गर्नुको औचित्य छैन । हाम्रो नेता कार्यकता माथि लगाइएका आरोपहरु मिथ्या हुन् ।’

नेता मण्डलले ललिता निवास प्रकरण मात्र नभई, वाइडवडी, लाउडा एयरलगायत सवै प्रकरणको छानबिन गरि जुनसुकै दलको भएपनि कारवाही हुनुपर्ने बताए । उनले कानुनी शासनको सुरुवात नेकपा नेतृत्वको सरकारले गरेको बताउँदै पहिले आफु पारदर्शी हुनुपर्छ भनेरनै आफ्ना नेता कार्यकर्ताको सम्पत्ति विवरण लिन थालिएको स्पष्ट पारे । ‘पहिला आफु पारदर्शी बन्नुपर्छ । लामो समय सरकारमा बसेर यो संस्कृतीको विकास कांग्रेसले गर्न सकेन, तर हामी गर्दैछौँ । नेकपाबाट यसको सुरुवात र थालनी भएको छ ।’ उनले भने,‘हाम्रा सवै केन्द्रीय सददस्यहरुले सम्पत्तिको विवरण दिनुपर्छ । आय आर्जन गर्ने श्रोत के हो ? आर्जनका श्रोतबारे क्लियर हुनुपर्छ । नेकपा नेता कार्यकता पारदर्शी भएर अघि बढ्नुपर्छ, त्यो दिशामा हामी छौँ ।’

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...