विराटनगर, माघ २४–नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पुुर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुुरागर्दै उनले भने।,‘अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो सुुकै किन नहोस ? त्यस्ता व्यक्तिलाई उन्मुुक्ति दिन हुँदैन ।’ वरिष्ठ नेता नेपालले कुनै पनि निर्दोष व्यक्ति पर्न नहुँनमा जोड दिँदै दोषि कसैलाई उन्मिुक्त दिन नहुने बताए । ‘कोहिपनि निर्दोष मान्छे पर्नुु हुुुँदैन र दोषी भए उम्कनु पाउन हुुदैन ।’ उनले भने ।
उनले आफु सो घटनामा दोषी नरहेको दाबी गर्दै भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने मान्यता आफ्नो रहेको बताए । उहाँले आफ्नो पालामा उक्त जग्गामा नया मोहि वनाउन निर्णय नभएको प्रष्ट पारे । ‘कुुनै वाटो वनाउने विषयमा निर्णय गरिन्छ, यदि वाटो वनाउदा भ्रष्टाचार भयो भने वाटो वनाउन निर्णय गर्ने प्रधानमंत्रीलाई दोषि भन्न मिल्छ ?’ उनको प्रश्न थियो ।
उनले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुुद्धा नलगाइएको दावी गरे । एक अर्को प्रसंगमा एमसिसीका विषयमा उनले सो परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा प्रतिकुुल छ वा छैन त्यस विषयमा गहन अध्यन गरेर यो विषयलाई चाँडै टुुंगयाउनुुपर्ने बताए ।
एमसिसका विषयमा कार्यदल वनेको जानकारीदिँदै उनले कार्यदलले निश्पक्ष रुपमा कार्य गरेर यो विषय चाँडै टुुग्याउनुु पर्ने बताए । नेता नेपालले सरकाले आफनो कामलाई तिव्रता दिएर समृद्ध नेपाल र सुुखि नेपालीको अभिभारालाई पुुरा गर्नुुपर्नेमा जोड समेत दिए ।