सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

 न्यूज विराट
सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

विराटनगर, माघ १६–विराटनगर महानगरपालिका–८ बलुवाईमा सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । साविक वडा नम्बर ११ मा विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार एक कार्यक्रमबीच भवन शिलान्यास गरेका हुन । आचार्यले विराटनगरमै जन्मिएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता सुशील कोइरालाको सादगीपूर्ण जीवनशैली सबैका लागि प्रेरणाको स्रोत भएको बताए ।

उनले भने,‘आज विराटनगरमै उहाँको सम्झनामा फाउन्डेसनको भवन शिलान्यास गर्न पाउनु र काम थालनी हुनुले कोइराला प्रति सच्चा सम्मान भएको छ ।’ आचार्यले कोइरालाको सादा र सौम्य जीवनशैली अहिलेका नेतृत्वलाई पनि प्रेरणाको स्रोत भएको चर्चा गरे । कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले संविधान जारी गराउन सुशील कोइरालाको ठूलो योगदान भएको बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक काम गर्न अग्रसर भएको फाउन्डेसनलाई महानगरले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बताउँदै समाज रुपमान्तरणमा फाउन्डेसनले योगदान दिने विश्वास व्यक्त गरे । फाउन्डेसनकी अध्यक्ष मृदुला कोइरालाले सुशील कोइरालाको जीवन शैली र उनको काम गर्ने तरिकाबारे कार्यक्रममा सहभागी भएका अतिथि तथा सहभागीलाई जानकारी गराएकी थिइन । उनले फाउन्डेसनले समाजमा पिछडिएका र मूलधारमा ल्याउनु पर्नेहरुको हितमा काम गर्ने बताइन ।

फाउन्डेसनको कार्यसफलताका लागि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले शुभकामना सन्देश पठाएरको अध्यक्ष कोइरालाले जानकारी दिइन् । फाउन्डेसन भवन निर्माण गर्न प्रदेश १ सरकारकाले ७५ लाख रुपैयाँ बजेट छुट्याई दिएको छ । विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा उपलब्ध गराएको छ ।शुसिल कोइराला विराटनगरमा जन्मिएको र उनको योगदानलाई स्मरण गराउनकै लागि यो संस्था विराटनगरमा दर्ता भई संचालनमा आएको फाउन्डेसनका सचिव दिपक चापागाईंले जानकारी दिएका छन् । कोइरालाको पाँच वर्षअघि निधन भएको थियो ।

सम्बन्धित समाचार

अब दैनिक विपद् बुलेटिन 

काठमाडौं, १२ असार-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ। दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ...

अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाल दोस्रो

विराटनगर । अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडी दोस्रो भएको छ । भारतको हिमान्चल प्रदेशमा हालै सम्पन्न भएको अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडीहरुले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेर द्धितीय भएको...

देशभर थपिए ९२७ संक्रमित

काठमाडौं, १२ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

राजमार्गमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।...

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर...

१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...

यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर नयाँ वर्षको आगमनसँगै तराईका मुख्य...

प्रहरीले माग्यो ४४३ असई, २४७४ जनाले जवानमा भिड्न पाउने

प्रहरी सेवामा रहेर काम गर्न चाहनेका लागि माैका आएकाे छ । प्रहरी प्रधान कार्यालयकाे मानवस्राेत विकास विभागले जनपदतर्फकाे सहायक निरीक्षक (असई) पदमा ४ सय ४३ जना मागेकाे हाे । प्रहरी जवानका रूपमा काम गर्न चाहने थप २ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्