मोरङमा चीनियाँ राष्ट्रपति सि जिनपिङबारेको पुस्तक वितरण

 न्यूज विराट
मोरङमा चीनियाँ राष्ट्रपति सि जिनपिङबारेको पुस्तक वितरण

विराटनगर, माघ १०=मोरङका विभिन्न स्थानमा चीनका राष्ट्रपति सि जिनपिङकाबारे लेखिएको पुस्तक वितरण गरिएको छ । चीनको अर्थिक समृद्धिका लागि जिनपिङको सोच र उनले अघि सारेका योजनालगायतका विषय समेटेर प्रकाशित भएको पुस्तक जिल्लाका विभिन्न स्थानीय तह, क्लब तथा सामुदायीक विद्यालयहरुमा वितरण गरिएको हो । मोरङको रतुवामाई नगरपालिकामा पनि उक्त पुस्तकबारे चर्चा गर्दै सहभागिलाई वितरण गरिएको छ ।

मनमोहन स्पोर्टस् एकेडेमिको आयोजनामा रतुवामाई नगरपालिका, विभिन्न सामुदायीयक विद्यालय र क्लबहरुमा जिनपिङबारेको उक्त पुस्तक वितरण गरिनुका साथै चर्चासमेत गरिएको हो । नेकपा मोरङका सदस्य तथा रतुवामाई नगर कमिटि अध्यक्ष शिवनारायण राजवंशी र जिल्ला कमिटी सदस्य दुर्गा विष्टले जिनपिङवारे लेखिएको उक्त पुस्तकबारे चर्चा गर्दै वितरण गरेका हुन् ।

सिले ल्याएको आर्थिक समृद्धि र विकासका योजनालाई कसरी नेपालमा लागू गर्दा देशको विकास गर्न सकिन्छ भन्ने धारणाका साथ पुस्तक वितरण गर्नुका साथै चर्चा गरिएको होे । सरकारले नेपालमा भएका पर्याप्त स्रोत साधन र जनशक्तिको प्रयोग गरेर सिको सिद्धान्त र अवधारणा लागु गर्न सके नेपाल पनि एउटा समृद्ध राष्ट्र बन्न सक्ने कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता, विद्यार्थी, शिक्षक, अभिभावकलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । त्यस्तै मोरङको सुन्दरहरैंचा–६ मा पनि इस्ट नेपाल टेक्निकल कलेजको आयोजनामा जिनपिङले राष्ट्रमा गरेको अर्थिक समृद्धिका साथै उल्लेखनीय विकास र योगदानलाई समेटेर तयार पारिएको उक्त पुस्तक वितरण गरिएको छ ।

त्यसैगरी प्रदेश नं. १ को राजधानी विराटनगरमा बिहिबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेशसभा सदस्य, १ सय ३७ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, विभिन्न दलका नेता कार्यकर्ता सवैलाई सो पुस्तक वितरण गरिएको छ । पुस्तक लिँदै उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले आर्थिक विकासमा जिनपिङका बिचार लागु गर्न सके मुलुकले काँचुली फेर्न समय नलाग्ने बताए ।

सम्बन्धित समाचार

प्रहरीले माग्यो ४४३ असई, २४७४ जनाले जवानमा भिड्न पाउने

प्रहरी सेवामा रहेर काम गर्न चाहनेका लागि माैका आएकाे छ । प्रहरी प्रधान कार्यालयकाे मानवस्राेत विकास विभागले जनपदतर्फकाे सहायक निरीक्षक (असई) पदमा ४ सय ४३ जना मागेकाे हाे । प्रहरी जवानका रूपमा काम गर्न चाहने थप २ सय...

सुवास नेम्वाङ भन्छन् : मलाई प्रधानमन्त्रीको अफर आइरहेको छ 

काठमाडौं, १९ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न स्थानबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि स्वीकार...

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा...

‘सेलेब्रल पाल्सी डे’ को अवसरमा निःशुल्क दन्त परिक्षण शिविर

विराटनगर । ‘सेलेब्रल पाल्सी डे’ को अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ । क्लबले वितगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको सिपी डे केयर सेन्टरका बालबालिकाहरुको लागि दन्त परिक्षण...

बाबा उद्योगमा मैदा तस्करी प्रकरण : तस्करको नाइकेसहित पाँच जना २१ लाख ८६ हजार धरौटीमा रिहा

विराटनगर । भारतदेखि तस्करी गरी सुनसरीको सानापुरमा रहेको बाबा उद्योगमा क्या रिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना सवारी चालक धरौटी रकम बुझाएर रिहा भएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद...

मिल्स गोल्डकप शुक्रबारबाट, उद्घाटनमा एपीएफ र बर्दिवास भिड्ने

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

अन्य देशका पाठ्यक्रममा रहेका बुद्ध जन्मस्थलबारेका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् । ओलीले २५६५औँ बुद्धजयन्ती र...

अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी छैनः खनाल

नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी नभएको बताएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी फुटाउन सहज हुने गरी संसदीय दल वा केन्द्रीय समितमा ४० प्रतिशत सदस्य पुगे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्