संस्थापन पक्षका नेता सानेपातिर, असन्तुष्ट नेताहरु शशांक निवासमा

 न्यूज विराट
संस्थापन पक्षका नेता सानेपातिर, असन्तुष्ट नेताहरु शशांक निवासमा

काठमाडौं, पुस ११–नेपाली कांग्रेसको आज बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षधर केन्द्रीय सदस्यहरुले बहिस्कार गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पेश नगरेको भन्दै असन्तुष्ट पक्षले २६ मंसिरदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएको छ । असन्तुष्ट पक्षलाई वार्ताद्वारा सहमतिमा ल्याउने प्रयास समेत असफल भएपछि शुक्रबार बोलाइएको बैठकमा पनि पौडेल पक्षधर केन्द्रीय सदस्यहरु उपस्थित नभएका हुन् । २६ मंसिरमा पेश भएका एजेण्डामा समेत पौडेल पक्षधरले असहमति जनाएको छ ।

संस्थापन पक्षले उपसभापति विमलेन्द्र निधिलाई असन्तुष्ट पक्षसँग वार्ता गर्ने जिम्मेवारी दिएको थियो । असन्तुष्ट पक्षबाट वार्ता गर्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद दवाडी र हृदयराम थानीलाई जिम्मेवारी दिएको थियो । संस्थापन पक्षले प्रस्ताव गरे बमोजिम केन्द्रीय विभागको संख्या २८ बाट ४१ बनाउने, नेविसंघको महाधिवेशन आयोजक समिति वा तदर्थ समिति बनाउने र नेपाल तरुण दलको कार्यकाल ६ महिना थप गर्ने विषयमा समेत असहमति भएपछि बैठक बहिस्कारले निरन्तरता पाएको हो ।

विभागमा असन्तुष्ट पक्षलाई ४० प्रतिशत दिन, नेविसंघमा अध्यक्ष संस्थापन पक्षले लिएर महामन्त्रीसहित ४० प्रतिशत दिन र तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीमाथि गरिएको कारबाही फिर्ता गर्न असन्तुष्ट पक्षले गरेको प्रस्ताव संस्थापन पक्षले नमानेपछि कांग्रेस भित्र विवाद पनि गहिरिँदै गएको छ । सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक २६ र २७ गते बसेको थियो । दुवै बैठक पौडेल पक्षले बहिस्कार गरेको छ भने २९ मंसिर, १, ४ र १० पुसमा बोलाइएको बैठक स्थगित गरिँदै आएको छ ।

संस्थापन पक्षले असन्तुष्ट पक्षमाथि भागबण्डा खोजेका कारण सहमति नजुटेको आरोप लगाउँदै आएको छ भने असन्तुष्ट पक्षले संस्थापन पक्षले विधान विपरित विभागको सख्या थप्ने र महाधिवेशनको कार्यतालिका नल्याएर कार्यकाल बढाउन खोजेको आरोप लगाउँदै आएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन संस्थापन पक्षका केन्द्रीय सदस्यरु केन्द्रीय कार्यालय सानेपातर्फ गइरहँदा असन्तुष्ट पक्षका नेताहरु भने महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसिरहेका छन् । उनीहरुले संस्थापन पक्षको गति हेरेर थप कार्यक्रम बनाउने योजना बनाइरहेका छन् ।

सम्बन्धित समाचार

कोरोना खोपको साइड इफेक्ट देखिए क्षतिपूर्ति दिने घोषणा

एजेन्सी, १९ मंसिर-बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

जनकपुर, ३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित भागेको खबर आएको र...

२२ संस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

काठमाडौं, १६ जेठ-युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघ संस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन्...

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको...

नर्सिङ्ग दिवसमा न्यूरोद्धारा एक सय जना नर्सलाई सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना नर्सहरुको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । हस्पिटलमा कार्यरत एक सय जना...

अरनीको माविमा भर्ना भएका एक हजार बढी विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माविमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण र स्वागत गरेको छ । माविले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएसँगै स्वागत पनि गरेको हो । विज्ञान संकायमा ९२०...

नेपाल स्काउटको स्थापना दिवसमा पदक वितरण

विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्