फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

 न्यूज विराट
फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

फिदिम, पुस ८–पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने सडक अहिले कालोपत्र हुने चरणमा पुगेको छ । फिदिमदेखि प्राङबुङसम्म सडक निर्माण गर्न उपकरण र कामदार दिनरात खटिएका छन् । फिदिम नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका छ वडालाई सदरमुकामसम्म जोड्ने यो सडक निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

धेरै जनसंख्या लाभान्वित हुने यो सडक कालोपत्रका लागि संघय सरकार र प्रदेश सरकारले लगानी गरेका छन् । प्रदेश सरकारको लगानीमा फिदिम–फालोट सडक अन्तर्गत फिदिम–नाङ्गीन खण्ड कालोपत्रको काम अघि बढेको हो । १० किलोमिटरको सो खण्डको कालोपत्रको जिम्मा कन्काइ पिएस जेभीले ५२ करोड ६७ लाख ३० हजारमा लिएको छ । नांगिनको सल्लेरीदेखि प्राङबुङको लुदिनटारसम्म २९ किलोमिटर सडक कालोपत्र हुँदैछ । ‘ग्रामीण सडक सञ्जाल सुधार आयोजना’अन्तर्गत यो सडकखण्डको कालोपत्रका लागि निर्माणकार्य जारी रहेको छ ।

विगतमा एकतर्फी मात्रै सवारी चल्न सक्ने सानो सडकको अधिकांश खण्ड अहिले विस्तार भइरहेको छ । हिलाम्य भइरहने अधिकांश खण्डमा घण्टौँ यातायात अवरुद्ध पारेर ठूला चट्टान तथा भिर–पहरा फोरिँदैछ । सयौँ निर्माण उपकरण एकैपटक विभिन्न खण्डमा निर्माणकार्यमा परिचालन भएका छन् । भौगोलिक कठिनाइका कारण २०÷३० मिटर अग्ला तारजालीसहितको टेवा पर्खाल निर्माण भइरहेका छन् । अहिले सडक विस्तार गर्ने, नाली काट्ने, टेवा पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ ।

सयौँ स्थानीय युवा यस सडकखण्डमा श्रम गरिरहेका भेटिन्छन् । ‘राम्रै कमाइ हुने भएकाले सडक निर्माणमा मजदुरको रूपमा काम गरिरहेको छु । घरमा काम नभएको बेला गाउँमै काम पाइयो,’ वडा नं ८ का सन्दीप केरुङले भने । फिदिम–फालोट सडक विशेषत कृषि उपजको निर्यात र भारतको सीमासम्म पुग्ने महत्वपूर्ण सडकका रुपमा रहेको छ । यो सडकले सदरमुकामसम्म जोड्ने फिदिम नगरपालिकाका चार वडा तथा फालेलुङ गाउँपालिकाका ६ वडालाई जोड्छ ।

कृषिजन्य उत्पादनका दृष्टिले प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । पक्की सडक र पर्याप्त सवारी साधन उपलब्ध नहुँदा यहाँ उत्पादित कृषि उपजले उचित मूल्य पाउन सकेको छैन । फिदिमदेखि प्राङबुङसम्मको सडक कालोपत्र भएपछि यहाँ उत्पादन हुने अलैँची, अदुवा, दुग्धजन्य उत्पादन, सागसब्जी तथा नगदेबाली, किबी, सुन्तलालगायत फलफूल बजारसम्म पु¥याउन सहज हुनेछ ।

पक्की सडक पुगेपछि यहाँका कृषक व्यावसायिक हुने अपेक्षा गरिएको छ । यस सडकले नेपाल–भारत सीमाक्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र फालोटलाई समेत जोड्नेछ । यद्यपि फालेलुङ गाउँपालिका–५ प्राङबुङबाट फालोटसम्म सडक सञ्जालले जोड्ने कार्य भने पूरा भइसकेको छैन । कच्ची सडकका कारण यहाँका स्थानीयवासीले दशकौँदेखि सास्ती ब्यहोर्दै आएका थिए । यहाँ वर्षायाममा सवारी सञ्चालनमा कठिनाइ पर्ने गर्दछ । केही किलोमिटर सडक पार गर्न पनि घण्टौँ लाग्ने गर्दथ्यो । अहिले पनि सडक निर्माण तीव्रगतिमा चलिरहेका कारण सडक बेलाबखत अवरुद्ध हुने गरेको स्थानीयवासी दुःखेसो व्यक्त गर्दछन् । रासस

सम्बन्धित समाचार

९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म ९ जना सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिन थालेपछि ४ वटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अपनाएर काम...

विराटनगरको फ्रेन्स होटलमा रतुवामाइका ब्यापारीको शव भेटियो, छानविन गर्न परिवारको माग

विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...

नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्यो

काठमाडौं, १ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

कोशीको शिलप्याक सिलिन्डरमा छैन ग्यास, उद्योगलाई दुई लाख जरिवाना

विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...

सन्दीपलाई गर्‍यो क्यानले निलम्बन

नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बिहीबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी...

लकडाउन लम्बिए उद्योगी व्यवसायीले श्रमिकको भुक्तानी स्थगित गर्ने

निजी क्षेत्रका छाता सङ्गठनहरूले आफ्ना श्रमिकहरूलाई लकडाउन अवधिमा हालमसम्मकाे ५० प्रतिशत बराबरको मात्र पारिश्रमिक उपलब्ध गराउने जनाएका छन् । साथै, थप लकडाउन भएमा भने दिन नसक्ने सङ्केत सरकारसँग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी...

विराटनगरको फर्निचर उद्योगमा लागेको आगो साढे दुई घण्टामा नियन्त्रण, ५० लाख बढीको क्षति

विराटनगर । विराटनगर ९ मनिष राजवंशीले सञ्चालन गरेको माता धनवन्ती फर्निचर उद्योगमा आज बिहीबार राती लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा आएको छ । बिहीबार ८ : १५ बजे विद्युत् सट भएर लागेको आगो राती...

मंगलबारे शिक्षा र स्वास्थ्यको हब: गुरु बराल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्