१ सय २२ चिनियाँ नागरिक पक्राउ

 न्यूज विराट
१ सय २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, पुस ७–प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविभिका संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिका संलग्न गर्नेहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै चिनियाँ नागरिक रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले जानकारी दिए ।

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो । एसएसपी सुवेदीका अनुसार उनीहरुलाई काठमाडौंको मनमैजु, बाँसवारी, बूढानीलकण्ठ लगायतका स्थानबाट पक्राउ गरिएको हो । उनीहरु लामो समयदेखि अपार्टमेन्ट र होटलमा बस्दै आएका थिए । पक्राउ परेकाहरुबाट प्रहरीले ल्यापटप, मोबाइल फोन र सिम बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धापछि मात्र अपराधको प्रकृति थाहा हुने एसएसपी सुवेदीको भनाइ छ । उनीहरुमाथि प्रहरीले साइबर अपराधको आशंका गरेको छ ।

सम्बन्धित समाचार

कोरोना परीक्षण गर्न आउनेलाई विभेदको डर : प्रवक्ता देवकोटा

काठमाडौं, १७ वैशाख-विदेशबाट आएका व्यक्तिहरू आफू संक्रमित भएको शंका लाग्दालाग्दै पनि परीक्षण नगरेको पाइएको छ । संक्रमण देखिए विभेदपूर्ण व्यवहार हुन सक्छ भन्ने डरले परीक्षण गर्न नआउने गरेको स्वास्थ्य मन्त्रान्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...

कोरोना संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापी असफल

एजेन्सी, बैशाख १९-भारतको मुम्बईमा कोरोना भाइरसका संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापीको प्रयोग असफल भएको छ ।महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी हुने दाबी गरेका थिए । तर बिहीबार कोरोना...

बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल को बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत गरेका छन् । शनिवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको हो । पहिलो...

बी डिभिजन क्रिकेट : झोराहाट र होराइजन विजयी

विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले...

गोली हानी एक पुरुषको हत्या

चितवनमा मृत भेटिएका पुरुषको गोली हानी हत्या गरिएको खुलेको छ । भरतपुर महानगरपालिका–१७ सिमलडाडा नहरमा बिहीबार बिहान एक पुरुष मृत भेटिएको थिए । मृतकको सनाखत हुन भने बाँकी रहेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।...

कांग्रेसले भन्यो : कुनै पनि परिस्थितिमा सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...

भारतको उत्तर प्रदेशमा २ ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु

एजेन्सी, जेठ ३-भारतको उत्तर प्रदेशमा २ ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरू केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका...

नेपाल क्रिकेट सङ्घ (क्यान) को समिति विस्तार

काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्