बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

 न्यूज विराट
बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

काठमाडौं, पुस ७–विद्यार्थीलाई ठक्कर दिएपछि काठमाडौंको चाबहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले गाडीमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका थिए । बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा समेत तोडफोड र आगजनी गरेका थिए ।

विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड गरेका छन् । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीको ठक्करबाट घाइते भएकी पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् । प्रहरीले पशुपति क्याम्पस वरपर ठुलो सँख्यामा प्रहरी परिचालन गरेको छ ।

सम्बन्धित समाचार

मिल्स फार्क नकआउट फुटबलको उपाधि रेडस्टारलाइ

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।जितसंगै रेडस्टारले ५१ हजार...

सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक...

‘प्रदेशका कानुन दराजमै थन्किए‘

विराटनगर, असार ३०–प्रदेश १ मा बनाइएका अधिकाँश कानुन दराजमै थन्किएको सांसदहरूले गुनासो गरेका छन् । आजको प्रदेशसभा बैठकमा सांसदहरूले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरेका हुन । सांसद केदार कार्कीले लोकसेवा सम्बन्धमा कानुन...

पर्सामा २ सेनाका जवानसहित थप ५ जनाले जिते कोरोना

जनकपुरधाम, २२ जेठ-वीरगञ्जको विशेष कोरोना अस्पतालबाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई जितेर आज ५ जना घर फर्किएका छन् । योसहित प्रदेश २ बाट कोरोना जित्नेको संख्या १ सय ९ पुगेको छ । आज पर्साको जिराभवानी...

विराटनगरको होटल अनुगमन : एसियाटिकसहित तीन होटल ‘क’ वर्गमा

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको तीन वटा होटल ‘क’ वर्गको मान्यता पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बिहीबार गरेको अनुगमन र निरीक्षण पछि विराटनगरको एयरपोर्ट रोडमा रहेको होटोल एसियाटिक, विराटनगर...

ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले...

क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतना मुलक कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्