पथरीशनिश्चरे–४ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने कृष्ण रथयात्राका लागि रथ तयार गर्दै कालिगढहरु ।
अर्पणा के.शी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–४ जरायोडोलमा रहेको राधाकृष्णको मन्दिरमा विगत वर्षहरुमा झैँ यस वर्ष पनि पञ्चदिववशीय श्रीमद् भागवत ज्ञान महायज्ञ तथा रथयात्राका लागि भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ३ गते मङगलबार देखि कलश यात्रा, मंण्डप पूजा गरी उद्घाटन गरीने भएको छ ।
त्यसैगरी, प्रत्येक दिन विहान नित्य पूजा, बेलुका दैनिक सन्ध्याकालिन आरती, पुष्पाञ्जली, भव्य भजन कृतन साथै भगवानको लिला झाँकी भव्य प्रदर्शन गरीने छ । भदौ ७ गते शनिबार अपरान्ह निस्कने यस वर्षको रथयात्रामा नयाँ रथ निमार्ण गरीएकोे आयोजक समिती अध्यक्ष शेर बहादुर रायाले जनाएका छन् । सोही दिन विहान विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा निकालिने रथ यात्राले पथरी शनिश्चरेका विभिन्न स्थान परिक्रमा गरिने राधाकृष्ण मन्दिर व्यवस्थापन समिति अध्यक्ष रायाले बताए । मन्दिर परिसरबाट श्री कृष्णलाई विशाल सून्दर रथमा विराजमान गराइ बाजागाजा झाँकी सहित नगर परिक्रमा गरिने भएको हो।
रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटीमा हजारौँ श्रद्धालुले रथमाथि फुल तथा जलअर्पण गर्ने अपेक्षा गरिएको मन्दिरका पूर्व अध्यक्ष फत्तबहादुर कार्कीले बताए । रथयात्रामा विभिन्न मन्दिर एवं धार्मिक संस्थाका कलश यात्राका साथै दर्जनौँ संस्कृतिक झाँकी र नाचका टोली लगायत श्रद्धालु भक्तजन पनि सहभागी हुने उनको भनाई छ ।
पथरी शनिश्चरे लगायत बाहिरी जिल्लाबाट समेत गरी हजारौँ श्रद्धालु भक्तजन रथयात्रामा सहभागी हुन आउने भएकाले तीनको सुरक्षाको व्यवस्था पनि मिलाइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समिति सचिव रामप्रसाद न्यौपानेले जानकारी दिए । श्रीमद् भागवत १० औँ स्कन्द, कृष्ण चरित्र, कथा प्रवचन, कृष्ण जन्मोत्सव तथा विशाल रथ यात्राको कार्यक्रम तय गरीएको आयोजक समिती सचिव न्यापानेले बताएका हुन् ।
विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी...
काठमाडौं, २३ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत १ हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...
सिन्धुपाल्चोक, २५ असार-सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएकाहरू अवस्था बुझ्र सभामुख अग्नि सापकोटासहितको टोली हेलिकोप्टरमार्फत् त्यसतर्फ जाने भएको छ । सापकोटासहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारीमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए...
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...
नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी नाम गरिएका व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ । एमालेको प्रचार विभागमा एम अधिकारी पनि सदस्य भएपछि ती व्यक्ति गभर्नर...
काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा...
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको...
पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच...